समाज

नेपाल र भारतीय सैनिक श्रीमती संघका अध्यक्षबीच भेट

इकागज |
कात्तिक २३, २०७८ मंगलबार २०:५० बजे

काठमाडौँ – नेपाली सेना सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माले भारतीय सेनाको सैनिक श्रीमति कल्याण संघकी अध्यक्ष विना नरवणेसँग शिष्टाचार भेट गरेकी छन् । प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक भारत भ्रमण दलमा रहेकी शर्माले मंगलबार सेना भवनमा नरवणेसँग शिष्टाचार भेट गरेकी हुन् । 

उक्त अवसरमा संघद्वारा सञ्चालित विविध कल्याणकारी कार्यक्रम तथा गतिविधिका बारेमा शर्माले जानकारी लिनुका साथै संघका अन्य पदाधिकारीसँग पनि अन्तरक्रिया गरेकी छन् । सो क्रममा अध्यक्ष शर्माले विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएको छ ।



Author

थप समाचार
x