समाज

फोटोफिचर

यःमरि पाक्यो !

सुजल बज्राचार्य |
पुस १४, २०७७ मंगलबार २०:४ बजे

काठमाडौं : भोलि नेवार सामुदायले योमरी पर्व मनाउँदैछन्। यो पर्व विशेषत नेवार समुदायले मनाउने गर्दछन । यो दिन विशेष प्रकारको परिकार योमरी बनाएर खाने गरिन्छ ।

यही अवसरमा मंगलबार बसन्तपुरस्थित मरुगणेशमा एक नेवारी महिलाले योमरी बनाइन् । परम्परागत पहिरनमा सजिएर याेमरी दिवसको पूर्वसन्ध्यमा ती महिला योमरी बनाउन व्यस्त थिइन् । योमरि बनाउदा चामलको पिठोमा तातो पानी हाली मुछेर डल्लो बनाई एक छेउ चुच्चो हुनेगरी औंलाको सहायताले खाल्डो पारिन्छ । अण्डाकारको स्वरूपमा आइसकेपछि पिठोभित्र विशेष प्रकारले बनाएको चाकु र तिलको मिश्रण राखिन्छ ।


योमरी मास, खुवा आदि राखेर पनि बनाउने गरिन्छ । यसरी बनाएको योमरी बाफले मात्रै पकाइन्छ । चामलको पिठोबाट बनाई बाफले मात्रै पकाईने भएकाले योमरी स्वादिलो र स्वास्थ्यका हिसाबले पनि उपयुक्त मानिन्छ । तस्बिरहरू : सुजल बज्राचार्य

 

 

 

 


Author

थप समाचार
x