समाज

शान्ति सेनामा गएका सेनाले पाए 'द फोर्स कमाण्डर कमेण्डेन्सन'

इकागज |
माघ २, २०७८ आइतबार १९:३६ बजे

फाइल तस्बिर

काठमाडौँ- मध्य अफ्रिकी गणतन्त्र मुलुकले शान्ति मिसनका लागि गएका नेपाली सेनाको श्री जबरजंग गणलाई प्रशंसा पत्र प्रदान गरेको छ । उक्त मुलुकको जबर- २ इलाकामा रहेका विद्रोहीलाई हटाएकाले मिनुस्का हेर्डक्वाटर फोर्स सम्मान प्राप्‍त गरेको नेपाली सेनाको मुख्यालयले जनाएको छ ।

मङ्सिर २७ गतेदेखि पुस ८ गतेसम्म जबर इलाकाको १ नम्बर क्षेत्रमा नेपाली सेनाले पेट्रोलिङ गरेको थियो । पुस ९ गतेदेखि हालसम्म गस्ती गर्दा इलाका जबर २ क्षेत्रबाट विद्रोही समूहलाई हटाउन सफल भएको नेपाली सेनाले जानकारी दिएको छ ।


मिनुस्का फोर्स हेर्डक्वाटरद्वारा उल्लेखित सम्मान पत्रमा लेखिएको छ,' द फोर्स कमाण्डर कमेण्डेन्सन ।'


Author

थप समाचार
x