समाज

वैदेशिक रोजगार बोर्डले शव झिकाउने सेवा मात्र प्रवाह गर्ने

इकागज |
माघ ७, २०७८ शुक्रबार १५:४३ बजे

काठमाडौँ- वैदेशिक रोजगार बोर्डले अत्यावश्यक सेवा मात्र प्रवाह गर्ने भएको छ । बोर्डले कोभिड-१९ संक्रमण बढ्दै गएकाले कार्यालयमा कार्यरत सबै कर्मचारी संक्रमित हुन थालेकाले शव ढुवानीको काम बाहेक अन्य सेवा प्रदान नगर्ने भएको छ ।

आइतबार (९ गते) देखि अत्यावश्यक सेवा लिनु पर्ने भएमा खोप लगाएको कार्ड साथमा लिएर वा मोबाइलमा फोटो खिचेर जानुपर्ने छ । काठमाडौँ जिल्ला प्रशासनद्वारा ६ गतेबाट स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने आदेश अनुसार थप कडाइ गरेको हो ।


आर्थिक सहायता लगायतका सेवाहरूका लागि स्थानीय तहमार्फत अनलाइन निवेदन दिन पनि बोर्डले अनुरोध गरेको छ ।  


Author

थप समाचार
x