२४ मुर्ती पुरातत्व विभागको जिम्मामा
भक्तपुर– विभिन्न समय र स्थानमा भेटिएका मुर्तीहरू पुरातत्व विभागलाई जिम्मा दिइएको छ। पुरातात्विक महत्वका विभिन्न प्रकृतिका २४ थान मुर्ती महानगरीय प्रहरी परिसर भक्तपुरले विभागलाई हस्तान्तरण गरेको हो।
लामो समयदेखि भक्तपुर जिल्लाको विभिन्न स्थानबाट प्रहरी कारवाहीमा मुर्ती फेृला परेका थिए । सो मुर्ती पुरातत्व विभाग अभिलेखालय भवन रामशाहपथ, काठमाण्डौंकी संरक्षण अधिकृत सविता न्यौपानेलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।
‘यी मुर्ती प्रहरी कारवाही तथा बेबारिसे अवस्थामा फेला परेको थियो,’ परिसरका डिएसपी एवं सूचना अधिकारी राजु पाण्डेले इकागजसँग भने, ‘करिब २०५४/५५ सालदेखि यहाँ रहेका मुर्तीहरु पुरातत्वको जिम्मामा लगाइएको हो।’
उनकाअनुसार चाँदी, ढलोट,काठ, ढुंगा, माटोबाट निर्मित मुर्तीहरू हस्तान्तरण गरिएको हो । पाण्डेले काठको मुर्ती ४ थान, ढुंगाको १२ थान, माटोको १ थान, ढलोटको ४ थान, फलामको १ थान, क्रिष्टलको १ थान र चाँदीको थाल १ थान संरक्षणका लागि पुरातत्व पठाइएको जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया