समाज

माघीमा चाकु (फोटो फिचर)

सुजल बज्राचार्य |
माघ १, २०७७ बिहीबार १३:२५ बजे

काठमाडौं : माघे संक्रान्तिका बेला विभिन्‍न समुदायमा चाकु, तिलको लड्‌डु, सेल, तरुल, मासको बारा, फुरौलाजस्ता परिकार खाने प्रचलन छ । उपत्यकाका टोखा, पाटन लगायत नेपालभरी नै विभिन्‍न ठाउँमा चाकुका विभिन्‍न परिकार बनाउने चलन नै छ ।


सांस्कृतिक रूपमा चल्दै आएका खानेकुरा वैज्ञानिक रूपमा पनि फाइदाजनक भएको पोषणविद् डा. अरुणा उप्रेति बताउँछिन् । उनका अनुसार जाडोमा चाकु, घ्यू, तिल, खिचडी, मासको दाल, तरुलजस्ता खानेकुरा पौष्टिक हुनुका साथै यसमा भएका विभिन्‍न पदार्थले शरीरलाई ऊर्जा दिन्‍छ ।

साथै चाकुमा पर्याप्त मात्रामा क्याल्सियम र आइरन हुन्‍छ भने तिलमा भिटामिन ए, सूक्ष्म पोषणतत्त्व आदि पाइन्‍छन् ।

त्यस्तै अहिले सख्खर र चाकुमा पनि तील राखेर तीलौरा खाने चलन छ । तिलमा बढी आइरन हुन्‍छ । नेवार समुदायमा महिनावारी भएका बेला पेट दुखेका बेला पनि चाकु खुवाउने चलन छ ।

त्यस्तै महिनावारी सुकिसकेका महिलामा हर्मोन उत्पादनको लागि र गर्भवतीका लागि पनि तिल खुवाउने चलन छ । महिनावारी भएका बेला चाकु र तील लाभदायक हुन्‍छ । शरीरलाई चाहिने क्याल्सियम र म्याग्‍नेसियम, भिटामिन ए, पोटासियम पनि हुने भएकोले तिल कोलेस्ट्रोल घटाउनसमेत उपयोगी हुने गर्छ ।


Author

थप समाचार
x