समाज

शाली नदीमा स्वस्थानी र माधवनारायणको पूजा (फोटो फिचर)

सुजल बज्राचार्य |
माघ १५, २०७७ बिहीबार ११:२४ बजे

काठमाडौँ : पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आराधनाका लागि शाली नदीमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ ।


पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्‍ने र सुन्‍ने परम्परा छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

धवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले पूजाका लागि विशेष व्यवस्थापना गरेको छ । हात गोडाका नङ काटी, स्‍नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्‍छ । बिहान माघ स्‍नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्‍छ । 

बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्‍ने सुनाउने परम्परा छ ।


Author

थप समाचार
x