समाज

मुस्‍कान खातुनलाई राष्ट्रपति भण्‍डारीको बधाई

इकागज |
फागुन २२, २०७७ शनिबार १२:४८ बजे

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकी किशोरी मुस्कान खातुनलाई मुस्कान बधाई दिएकी छन् । शनिबार मध्‍यान्‍ह ट्वीटगरी खातुनले तेजाब आक्रमणको असह्य पीडालाई शक्तिमा बदलेकामा प्रशंसा गर्दै बधाइ दिएकी हुन् । 'एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकोमा मुस्कान खातुनलाई हार्दिक बधाई तथा अमेरिकी सरकारलाई धन्यवाद !'उनले लेखेकी छन् । 

तेजाब आक्रमणविरुद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गरेवापत खातुनलाई ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने भएको हो । 


 


Author

थप समाचार
x