समाज

भ्रमपूर्ण गतिविधिप्रति सेनाको आपत्ति

भ्रमपूर्ण-गतिविधिप्रति-स

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:० बजे

काठमाडौँ- नेपाली सेनाले आफ्नो संगठनलाई जोडेर सामाजिक सञ्जाल (फेसबुक तथा टिकटक) तथा विभिन्न अनलाइन सञ्चारमाध्यममा आएको समाचार र भ्रम छर्ने गतिविधिप्रति आपत्ति जनाएको छ ।

सैनिक मूल नेतृत्त्व एवं नेपाली सेनाका गतिविधिसँग सम्बन्धित फरक प्रसंग र अवसरको फोटो तथा भिजुअल क्लिप गरी विभिन्न संवेदनशील विषयमा सामाजिक सञ्जालमा नक्कली परिचय बनाई कपोलकल्पित, भ्रामक समाचार र संवेदनशील विषयहरू नेपालीसँग जोडेर आफ्नो निहित स्वार्थ तथा भ्रम छर्ने काम भइरहेको नेपालीको सेनाको मुख्यालयले जनाएको छ ।

जनतालाई केन्द्रविन्दुमा राखी संविधानको परिधिभित्र रहेर विधिसम्मत चल्ने अराजनैतिक छवि संस्थाको प्रतिष्‍ठा र नेतृत्त्वको निष्‍ठा एवं मर्यादामा गम्भीर आघात पुर्‍याउने किसिमका प्रचारप्रति सेनाले खेद प्रकट गरेको छ । भ्रमहरूबाट टाढा रहन र अरुलाई पनि टाढा राख्‍न सेनाले आग्रह गरेको हो ।



Author

थप समाचार
x