प्रमुख समाचार

त्रिसारा पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई राजतन्त्रको 'सरप्राइज' नारा (फोटो/भिडियो)

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:०:५७ बजे

काठमाडौँ- रात्रिकालीन जीवनका पारखी पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार लाजिम्पाटस्थित त्रिसारामा पुगे । जब ज्ञानेन्द्र त्रिसारा पुगे त्यहाँ राजतन्त्रको पक्षमा नारा घन्‍कियो । त्रिसाराको टपमा बसेका ज्ञानेन्द्र ‘सरप्राइज’ भयो तब रात्रिकालिन पारखीहरूले नारा घन्‍काए ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्‍दा प्यारो छ ।’ जब राजतन्त्रको पक्षमा नारा घन्‍कियो उनी मख्‍ख थिए, दर्शकतिर हेर्दै मुस्‍कान छाडे ।

रेष्‍टुरेन्टमा पुगेका रात्रिकालिन पारखीहरू शाह पुगेपछि उनीसँग फोटो खिच्‍न झुम्मिए । उनी बेलुकी त्रिसारामा १० पुगेका हुन् । उनी त्यहाँ करिब १ घण्टा बसे । छोरीसहित अन्य परिवारका सदस्य लिएर पुगेका हुन् । उनी रेष्‍टुरेण्टमा लाइभ म्युजिक सुनेर बसेका थिए ।


त्रिसाराका सञ्चालक सुभोनवीर मालाकारका अनुसार समय-समयमा पूर्वराजा आइरहन्छन् । ‘कोभिड-१९ महामारी सुरु भएदेखि हिजो पहिलोपटक आउनु भएको हो,’ उनले भने,’ म्युजिकमा रमाइरहेका श्रोता तथा दर्शकहरू उहाँ पुगेपछि रेष्‍टुरेण्टको माहोल बेग्लै बनेको थियो ।’ उनी ठमेलको एलओडीमा समेत गएका थिए ।

एलओडीमा ज्ञानेन्द्र नाचेको भिडियो सर्वत्र भाइरल भएको थियो । त्रिसाराले सधैँझै यसपटकको होलीमा पनि मनोरञ्जनात्मक कार्यक्रम गर्ने मालाकारले जानकारी दिए । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यक्रम आयोजना गरिने उनको भनाइ छ ।

तस्विर : त्रिसारा


Author

थप समाचार
x