समाज

शिक्षक सेवा आयोगले लाइसेन्सका लागि वस्तुगत प्रश्‍न मात्र सोध्‍ने

इकागज |
चैत ४, २०७८ शुक्रबार १०:२३ बजे

फाइल तस्बिर

काठमाडौँ- शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्रको परीक्षामा वस्तुगत प्रश्‍न मात्र सोध्‍ने भएको छ । यो पाठयक्रम चैत २ गतेदेखि लागू हुने आयोगले जनाएको छ ।

परीक्षाका लागि समय १ घण्टा हुनेछ । प्रथम तहको वस्तुगत प्रश्‍नहरू ४० प्रतिशत,द्धितिय तहका ३० प्रतिशत र तृतीय तहका लागि ३० प्रतिशत हुनेछ । परीक्षार्थीहरूले बहुवैकल्पिक प्रश्‍नको सही उत्तर दिएमा उत्तर बापत दुई अंक प्राप्त गर्नेछन् ।


आयोगले जारी गरेको सूचनामा पाठ्यक्रममा परेका ऐन, नियम, कानुन, नीति तथा कार्यक्रमहरू परीक्षाको मितिभन्दा तीन महिना अगाडि संशोधन भएको उल्लेख गरिएको छ ।

 


Author

थप समाचार
x