हेटौडामा खुला पेनाल्टी सुट आउट प्रतियोगिता
मकवानपुर- मकवानपुरकाे हेटौडामा पहिलोपटक खुला पेनाल्टी सुट–आउट प्रतियोगिता हुने भएको छ । नेकपा एकीकृत समाजवादी निकट नेपाल खेलकुद महासंघ मकवानपुरको आयोजनामा प्रतियोगिता हुने भएको हो ।
विजया दशमी तथा शुभ दीपावलीको अवसरमा असोज १० गते खुल्ला पेनाल्टी सुट–आउट फुटबल प्रतियोगिता हुनेछ । हेटौडामा हुने पेनाल्टी सुट–आउट फुटबल प्रतियोगितामा जिल्ला र जिल्ला बाहिरका गरि २५ टिमको सहभागिता रहने महासंघका केन्द्रीय सदस्य निरज सिह ठकुरीले बताए ।
एक समूहमा ६ जना रहने खेलको विजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ र दोस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार पाउने ठकुरीले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न १ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।
प्रतियाेगितामा टिम दर्ता शुल्क भने ३ हजार ३ सय ३३ रुपैयाँ तोकेको छ । महासंघले पहिलो पटक आयोजना गर्न लागेको पेनाल्टी सुट–आउट प्रतियोगितालाई आगामी वर्षदेखि हरेक निरन्तरता दिने जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया