खेलकुद

कार्यवाहक मुख्य प्रशिक्षक हुमागाईलाई कारबाहीको माग

इकागज |
असोज १२, २०७९ बुधबार १८:४६ बजे

काठमाडौँ- नेपाल खेलकुद पत्रकार मञ्चले नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईलाई कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

मञ्चका सचिव अन्जन खड्काले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङलाई कारबाही माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
नेपाल रबंगलादेशबीच  मैत्रीपूर्ण  खेलपछि पोस्ट म्याच कन्फरेन्सले हुमागाईले खेलकुद पत्रकारप्रति आपत्तिजनक रूपमा प्रस्तुत हुँदै पदीय मर्यादाविपरीत कार्य गरेको मञ्चले जनाएको छ ।



Author

थप समाचार
x