खेलकुद

नवौँ राष्ट्रिय खेलकुद : विजेता खेलाडीलाई पोखरा महानगरले नगद पुरस्कार दिने

इकागज |
असोज २७, २०७९ बिहीबार ६:२८ बजे

कास्की - नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको पोखरा महानगरपालिकाले प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगद पुरस्कार घोषणा गरेको छ । राष्ट्रिय खेलकुदमा सहभागी भएर पदक जित्ने महानगरका खेलाडीलाई नगदसहित सम्मान गरिने महानगरले जनाएको छ । महानगर प्रमुख धनराज आचार्यका अनुसार व्यक्तिगत विधातर्फ स्वर्ण, रजत र कास्यपदक विजेता खेलाडीलाई क्रमश : १५ हजार, १० हजार र पाँच हजार नगद सहितसम्मान पत्र प्रदान गरिने निर्णय भएको छ ।

कुनै पनि टिम खेलतर्फ विजेतालाई नगद पाँच/पाँच हजार दरले पुरस्कार प्रदान गरेर खेलाडीलाई प्रोत्साहित गरिने उनले बताए।


पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले राष्ट्रिय खेलकुदमा महानगरका २०० खेलाडीले गण्डकी प्रदेशबाट ३२ खेलमा प्रतिस्पर्धा गर्ने जानकारी दिए। 

गण्डकी प्रदेशका आठ जिल्लामा नवौँ राष्ट्रिय खेलकुदका ३६ खेल सञ्चालन हुनेछन् । प्रतियोगिता औपचारिकरुपमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने भए पनि केही खेल असोज २३ देखि पोखरामा जारी छन् । प्रतियोगिताको उद्घाटन र समापन पोखरा रङ्गशालामा हुनेछ । 
 


Author

थप समाचार
x