खेलकुद

कतार विश्वकप

पहिलो सेमिफाइनल खेल आज

इकागज |
मंसिर २७, २०७९ मंगलबार ६:४६ बजे

काठमाडौं - कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरू आजबाट सुरु हुँदैछ । कतार विश्वकपको पहिलो सेमिफाइनल खेल आज राति हुनेछ । राति पौने एक बजे हुने खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्र्धा हुनेछ । 

अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुने भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् । दुवै टिक एकअर्कालाई हराएर फाइनलको यात्रा तय गर्ने लक्ष्यमा हुनेछन् । 


अर्जेन्टिनाले दुई पटक विश्वकप जितिसकेको छ । क्रोसिया गत विश्वकपको उपविजेता हो ।

दोस्रो सेमिफाइनल खेल बुधबार फ्रान्स र मोरक्कोबीच हुनेछ । विश्वकपमा अफ्रिकन टोली पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।


Author

थप समाचार
x