साफ महिला यु–२० च्याम्पियनसिपमा नेपाल पराजित, बंगलादेशले चुम्यो उपाधि
फाइल तस्बिर
काठमाडौं- दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपालले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।
बंगलादेशले ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा भएको फाइनल भिडन्तमा नेपालले दोस्रो स्थानमा चित्त बुझाउनु परेको हो । बिहीबार साँझ घरेलु टोली बंगलादेशसँग भिडेको नेपाल ३–० गोलले पराजित हुन पुग्यो ।
बंगलादेशले ४१ औं मिनेट पहिलो र ८६ औँ मिनेटमा दोस्रो गोल गरेको थियो । त्यसमाथि इन्जुरी समयमा थप एक गोल गरे पछि बंगलादेश महिला साफ च्याम्पियनको विजेता बन्न सफल भयो ।
भारतलाई हराएर आएको नेपाल र भुटानलाई हराएर फाइनलमा पुगेको घरेलु टोली बंगलादेश फाइनलमा पुगेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया