खेलकुदको विकासका लागि स्थानीय सरकारले ५ वर्षे योजना बनाउन जरुरी : महामन्त्री थापा
फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले खेलकुदको विकासका लागि स्थानीय सरकारले आवश्यक पहल गर्नुपर्ने बताएका छन् ।
शनिबार गोदावरी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेलकुद महोत्सव–२०७९, दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्थानीय सरकारसँगै राम्रोसँग निजी क्षेत्रले सहयोग र साथ दिएमा खेलकुदको विकास हुन समय नलाग्ने उल्लेख गरे ।
उनले नेपालमा खेलकुदमा पनि जीवन छ भनेर भन्न लायक बनाउनुपर्ने जिकिर गरे । उनले स्थानीय सरकारले आफूले खेलकुदको विकासका लागि ५ वर्षमा गर्नसक्ने योजना बनाएर नै खेलको विकास गर्न जरुरी रहेको बताए ।
राजनीति पेसा नभइ सेवा भएकाले कसैलाई पनि मानवता ठूलो लाग्ने व्यक्तिले राजनीति गर्नु सबैभन्दा उचित हुने उनकाे भनाइ छ ।
महामन्त्री थापाले आफ्नाे खेलाडी बन्ने सपना रहेको सुनाउँदै दशरथ रंगशालामा गोल हानेपछि पहिलो पटक पत्रिकामा आफ्नो नाम छापिएको स्मरण गरे । उनले खेलकुदको माध्यमबाट स्व.कृष्णप्रसाद भट्टराई जस्ता नेताहरूको बारेमा नयाँ पुस्तालाई बताउन जरुरी रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया