खेलकुद

उद्घाटन खेलमा एफसी खुमलटार र फ्रेन्ड्स क्लब भिड्दै

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल आजबाट

इकागज |
फागुन १९, २०७९ शुक्रबार ७:२० बजे

काठमाडौं - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिताको आजबाट सुरु हुँदैछ । लिगको पहिलो खेलमा एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेल साँझ ५:३० बजे सुरु हुनेछ । 

तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । लिगको प्रत्यक्ष प्रसारण स्पेस फोरके टेलिभिजनबाट हुने एन्फाले जनाएको छ । 


विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।

मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।


Author

थप समाचार
x