एनएसजेएफ स्पोर्टस अवार्ड : छोराछोरी खेलाडी बनाएका तामाङ दम्पतीलाई स्पेशल अवार्ड
काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले यसवर्षको पल्सर स्पोर्ट्स अवार्ड २०७८ आयोजना आज गरिरहेको छ । विभिन्न पाँच विधामा अवार्ड दिइन्छ । । एनएसजेएफले यस वर्षको अवार्ड पनि कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा भव्य समारोहबीच आयोजना भइरहेको छ । अवार्ड घोषणा हुने क्रम जारी छ । सो अन्तर्गत स्पेसल अवार्ड एक दम्पतीले पाएका छन् । दान बहादुर तामाङ र माया मोक्तानको जोडीलाई सो अवार्ड दिइएको हो ।
यी दम्पतीले आफ्ना छोराछोरीलाई खेलाडी बनाएका थिए । यी दम्पतीले ३ जना छोराछोरीलाई व्याडमिन्टन खेलाडी बनाउँदै नेपाली खेलकुदको विकासमा योगदान दिएबापत यो अवार्ड दिइएको हो ।
मञ्चले २०६० सालदेखि अवार्ड निरन्तर आयोजना गर्दै आइरहेको छ ।
१९ औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्डमा विभिन्न ९ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया