एनएसजेएफ स्पोर्टस अवार्ड : भलिबलकी उषालाई पिपल्स च्वाइस उपाधि
काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले यसवर्षको पल्सर स्पोर्ट्स अवार्ड २०७८ आयोजना आज गरिरहेको छ । विभिन्न पाँच विधामा अवार्ड दिइन्छ। एनएसजेएफले यस वर्षको अवार्ड पनि कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा भव्य समारोहबीच आयोजना भइरहेको छ । अवार्ड घोषणा हुने क्रम जारी छ ।
जसअन्तर्गत पिपल्स च्वाइस विधामा नेपाली राष्ट्रिय भलिबलकी सदस्य उषा भण्डारीले पाएकी छन् । क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट, पौडीकी डुवाना लामालाई पछि पार्दै भलिबलकी भण्डारीले यो अवार्ड हात पारेकी हुन् ।
भोटिङको आधारमा उनले अन्य हस्तीलाई पछि पारिन् । कुल ३८.३२२ मत प्राप्त गर्दे उनले यो अवार्ड आफ्नो नाममा पारिन् । उनलाई पछ्याएका फुटबलका अञ्जन विष्टले ३१.१४०३ मत ल्याए ।
टेनिसकी अभिलाषा विष्टले ८.९७ मत भोट पाइन् । पौडीकी डुबानाले ७.५ ८३ मत ल्याउँदा क्रिकेटका आशिफ शेखले १४.९९७ भोट ल्याए ।
मञ्चले २०६० सालदेखि अवार्ड निरन्तर आयोजना गर्दै आइरहेको छ ।
१९ औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्डमा विभिन्न ९ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गर्दैछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया