खेलकुद

एनएसजेएफ स्पोर्टस अवार्ड : भलिबलकी अरुणा बनिन् वर्ष महिला खेलाडी

इकागज |
फागुन २३, २०७९ मंगलबार १७:२१ बजे

फाेटाे : अनुज बज्राचार्य/ इकागज

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई उत्कृष्ट महिला खेलाडीको अवार्ड दिएको छ । वर्ष महिला खेलाडीको मनोनयनमा भलिबलकी शाहीसँगै क्रिकेटका रुबिना क्षेत्री र सीता रानामगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल मनोनयनमा परेका थिए ।

पल्सर स्पोर्ट्स अवार्ड २०७८ आयोजना गर्दै मञ्चले उनलाई यो अवार्ड दिएको हो ।
 


एनएसजेएफले आज अवार्ड वितरण कार्यक्रम गरिरहेको छ । विभिन्न पाँच विधामा अवार्ड दिइन्छ । एनएसजेएफले यस वर्षको अवार्ड पनि कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा भव्य समारोहबीच आयोजना भइरहेको छ । अवार्ड घोषणा हुने क्रम जारी छ ।

मञ्चले २०६० सालदेखि अवार्ड निरन्तर आयोजना गर्दै आइरहेको छ ।

१९ औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्डमा विभिन्न ९ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिरहेको छ । 

विगतमा जस्तै वर्ष पुरुष, महिला, पिपल्स च्वाइस र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल पाउने छन् । यस वर्षदेखि युवाका विजेतालाई पनि पल्सर मोटरसाइकल प्रदान गरिने मञ्चले जनाएको छ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ । सहप्रायोजकहरूमा सूर्य नेपाल प्रालि, ई–सेवा, रोयल सिंगी होटल, एडिडास, इमेजिङ, प्लाजा होटल ग्रुप, सुबिसु र न्यु होराइजन कार्पेट इन्डस्ट्री रहेका छन् । सहयोगी संस्थामा राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र बाग्मती प्रदेश खेलकुद विकास परिषद् छन् ।
 


Author

थप समाचार
x