खेलकुद

गण्डकी प्रदेश उसु संघको अध्यक्षमा विक्रम लामा

इकागज |
फागुन २८, २०७९ आइतबार १७:२० बजे

काठमाडौँ-  गण्डकी प्रदेशको उसु संघमा विक्रम लामा चयन भएका छन् । आइतबार पोखरामा आयोजित गण्डकी प्रदेश उसु संघ गठन सम्बन्धमा बसेको पहिलो भेलाले विक्रम लामालाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो ।

राष्ट्रिय खेलकुद ऐन २०७७ तथा नेपाल उसु महासंघको केन्द्रीय विधानको परिच्छेद २ को धारा ८ बमोजिम नयाँ समिति गठन भएको हो ।


विधान अनुसार वरिष्ठ उपाध्यक्षमा राजेन्द्र लामा र उपाध्यक्षमा वीरेन्द्र गहतराजलाई चयन गरिएको छ ।

त्यसैगरी, सचिवमा लक्ष्मण गुरुङ, कोषाध्यक्ष सरिता श्रेष्ठ, सदस्यमा प्रदीप गुरुङ, सदस्य मनकुमार श्रेष्ठ र सल्लाहकारमा टेकबहादुर तामाङलाई बनाइएको छ ।

संघका महासचिव लाक्पा छिरिङ लामाले भेलाको उदघाटन गरेका थिए । अतिथि राजकुमार थपलियाको समेत उपस्थिति थियो ।


Author

थप समाचार
x