खेलकुद

न्यूजिल्यान्डका ओलम्पियन जेनमाथि आठ वर्षको प्रतिबन्ध

इकागज |
चैत ८, २०७९ बुधबार १२:८ बजे

काठमाडौँ- रियो ओलम्पिक तथा टोकियो ओलम्पिकमा सहभागी भएका न्यूजिल्यान्डका मध्यम तथा लामो दूरीका धावक जेन रोबर्टसनमाथि ८ वर्षको प्रतिबन्ध लगाइएको छ ।

डोपिङ तथा परीक्षण प्रकृयालाई प्रभावित पारेको आरोपमा जेनमाथि ८ वर्षको प्रतिबन्ध लगाइएको रोयटर्सले जनाएको छ ।


सन् २०१४ को कमनवेल्थ गेम्सअन्तर्गत ५ हजार मिटर दौडमा कास्य पदक जितेका ३३ वर्षीय जेनले प्रतिबन्धित औधषि प्रयोग गरेको आरोपमा चार वर्ष तथा प्रमाणलाई नष्ट गरेको आरोपमा थप चार वर्षको प्रतिबन्ध लगाइएको हो ।


Author

थप समाचार
x