Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

खेलकुद

ए डिभिजनः उपत्यकामा भारी वर्षासँगै शनिबारका खेल स्थगित

इकागज |
बैशाख १६, २०८० शनिबार १८:४८ बजे

काठमाडौं - उपत्यकामा भारी वर्षासँगै शनिबारलाई तय भएका शहीद स्मारक ए डिभिजन लिगका खेल प्रभावित भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको हिमालयन शेर्पा र त्रिभुवन आर्मीबीचको खेल पहिलो हाफ सकिए पनि दोस्रो हाफको २७ मिनेट पछि भारी वर्षा र चट्याङ भएपछि खेल स्थगित भएको हो । आर्मी र हिमालयन शेर्पाबीचको खेल दोस्रो हाफको २७ मिनेट चलिरहँदा दुवै टोलीले एक-एक गोल गरेका थिए । 


खेलमा आर्मीका नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै हिमालयन शेर्पाबिरुद्ध अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ५५औं मिनेटमा हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले फ्रिकिकमार्फत  गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए । ७२ औं मिनेटपछि भारी भएपछि खेल अर्को समयका लागि तय गरिएको छ । अब दुई टोलीबीच भिडन्त आईतबार हुनेछ । आईतवार ७२ मिनेटपछि खेल दशरथ रंगशालामा दिउँसो ४ः३० बजेबाट सुचारु हुनेछ ।

लिग अन्तर्गत शनिवारकौ अर्को खेल संकटा र जावलाखेल युथ क्लवको खेल पनि वर्षाका कारण स्थगित भएको छ । पहिलो हाफको नतिजाबाट जावलाखेल १–० ले अगाडि रहेको थियो । ५० मिनेटको खेलपछि रोकिएको जावलाखेल र संकटाको खेल आईतबार दिउसो १ बजे एन्फा कप्लेक्समा आयोजना हुनेछ । यस्तै दशरथ रंगशालामा अबेरलाई तय भएको चर्च ब्वाईज र मनाङ मस्र्याङ्दीबीचको खेल पनि स्थगित भयो । खेल आईतबार नै एन्फा कम्प्लेक्समा ३ः३० बजेबाट सुरु हुनेछ। 
 


Author

थप समाचार
x