मछिन्द्रले एपीएफलाई पाखा लगाउँदा आर्मी र संकटाले अंक बाँडे
तस्बिर : एन्फा
काठमाडौं– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले एपीएफलाई पराजित गरेको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले एपीएफलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा अग्रता एपीएफले ३६ औं मिनेटमा अर्मान्ड बिडोमको गोलमा लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा मछिन्द्रका ओमोलाजा करिमले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
त्यस्तै दोश्रो हाफको अतिरिक्त समयमा ओलावाले अफिजले गोल गरेपछि मछिन्द्र बिजयी भयो । जितसँगै मछिन्द्रले १५ खेलबाट २४ अंक जोडेको छ । एपीएफको १९ अंक रहेको छ ।
त्यस्तै आइतबार नै आईतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आर्मीले पुछारको टिम संकटासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । खेलको १८ औं मिनेटमा कप्तान भरत खवासको गोलमा आर्मीले अग्रता बनाएको थियो । खेलको इन्जुरी समयमा संकटाका फरवार्ड युसुफ एट्रिसले पेनाल्टीमा गोल गर्दै संकटाको संकट टारेका थिए । बराबरीसँगै संकटाले १५ खेलबाट १७ अंक जोडेको छ । आर्मीले समान खेलबाट २१ अंक जोडेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया