Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

खेलकुद

काभा वुमन्स च्यालेन्ज कप : नेपाल सेमिफाइनलमा समेटियो

इकागज |
जेठ १२, २०८० शुक्रबार १९:४७ बजे

फाइल तस्बिर

काठमाडौँ- काजकिस्तानसँग पाँचौं सेटमा सम्हालिएको प्रदर्शन गर्न नसक्दा नेपाल काभा वुमन्स च्यालेन्ज कप भलिबलको सेमिफाइनलमा सीमित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप ) को कभर्ड हलमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले काजकिस्तानसँग ३–२ को सेटमा पराजित भएसँगै सेमिफाइनलमा समेटिएको हो । यससँगै नेपालको अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक गर्ने अवसर गुमेको छ । सेन्ट्रल एशियन भलिबल संघको यसअघिका दुई प्रतियोगितामा नेपालले उपाधि जितेको थियो ।


निकै प्रतिष्पर्धात्मक बनेको खेलमा नेपाल पहिलो सेटमा नेपालले प्रतिष्पर्धात्मक ३०–२८ ले गुमाएको थियो । त्यसपछिका दुई सेटमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै क्रमसः २५–१६ र २५–१५ ले जित्दा नेपालको एकपक्षीय प्रदर्शन रहेको थियो । चौथो सेटमा नेपालले अघिल्ला दुई सेटमा बनाएको लयलाई निरन्तरता दिन सकेन । सुरुवातदेखि नै लामो अग्रता बनाएको काजकिस्तानले यो सेट २५–१८ ले जित्यो ।

अनुभव र एक्स्पोजरमा पछि परेको नेपाल अन्तिम तथा निर्णायक सेटमा पहिलो अंक लिएर अग्रता बनाए पनि त्यसपछि लगातार काजकिस्तानले अंक जोड्न सफल रह्यो । अन्ततः १५–७ ले नेपालले खेल गुमाउन पुग्यो । जितसँगै अब उपाधिका लागि काजकिस्तान र भारत भिड्ने भएका छन् । शुक्रबारै भएको पहिलो सेमिफाइनलमा भारतले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरी फाइनलमा स्थान बनाएको थियो । नेपालले भने तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नुपर्ने भएको छ । प्रतियोगिताको तेस्रो स्थान र फाइनल खेल आइतबार हुनेछ ।


Author

थप समाचार
x