खेलकुद

मलेसियासँग महिला टि–२०ः श्रृंखलाकाे एक खेल बाँकी हुँदै नेपाललाई जितकाे अवसर

इकागज |
जेठ २०, २०८० शनिबार ८:५३ बजे

काठमाडौं । आज नेपाल र मलेसियासँग महिला टि–२० क्रिकेट श्रृंखलाको चौथो खेल खेल्दैछ । आज हुने चौथो खेल बिहान ११ बजे, वाइसडी, युकेम अाेभल, मलेसियामा सुरु हुनेछ ।

हालसम्म भएका तीन खेल मध्ये दुई खेलमा जित हासिल गरेको नेपाल नेपाल २–१ ले अगाडि छ । आजको खेलमा पनि जित हासिल गरेमा नेपालले अर्को खेल अगावै यस श्रृखंलाको जित हासिल गर्नेछ ।


नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो दोस्रो र तेस्रो खेलमा जित हासिल गरेको थियो । जसअनुसार दोस्रो खेलमा ७ विकेटले र तेस्रो खेलमा २७ रनले विजयी भएको नेपाल एक खेल अगावै जीत हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ ।  


Author

थप समाचार
x