खेलकुद

लंका लिगको अक्सनमा सन्दीप लामिछाने 'अनसोल्ड'

इकागज |
जेठ ३१, २०८० बुधबार १८:५२ बजे

काठमाडौँ- श्रीलंकामा हुने लंका प्रिमियर लिग २०२३ को 'अक्सन'मा सन्दीप लामिछाने अनसोल्ड भएका छन् ।

नेपालका लेग स्पिनरसन्दीपलाई कोलम्बो स्ट्राइकर्स, डम्बुला आरा, गाले टाइटन्स, जाफना किंग्स, बी-लभ क्यान्डी कसैले  पनि खरिद गरेनन् । उनलाई न्यूनतम ३० हजार अमेरिकी डलरमा खरिद गर्नुपर्ने थियो । 


चौँथो संस्करणमा आएर पहिलाेपटक लंका प्रिमियर लिगको अक्सन भएको हो । यो पहिद्ये चरणको अक्सन हो । दोस्रो चरणको अक्सनमा उनी खरिद पनि हुनसक्छन् ।

२०२२ को संस्करणमा डम्बुला जायन्ट्स (डम्बुला ऑरा) ले ४० हजार अमेरिकी डलरमा खरिद गरे पनि सन्दीपले खेल्न भने पाएका थिएनन् ।


Author

थप समाचार
x