खेलकुद

टी-ट्वान्टी सिरिजः नामिबियाविरुद्ध नेपालले पहिला बलिङ गर्ने

इकागज |
फागुन १५, २०८० मंगलबार ११:७ बजे

काठमाडौँ- आजबाट नेपालमा सुरु भएको त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नामिबियाले नेपाललाई पहिला बलिङका लागि निम्तो गरेको हो ।


नामिबियाले भने पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

सिरिजमा नेपाल र नामिबियासँगै नेदरल्यान्ड्सको पनि सहभागिता रहेको छ ।


Author

थप समाचार
x