खेलकुद

ब्याडमिन्टन संघले प्रिन्सलाई बाइकले सम्मान गर्ने

इकागज |
फागुन १८, २०८० शुक्रबार १७:५१ बजे

काठमाडौँ- राष्ट्रिय ब्याडमिन्टन संघले नेपालका नम्बर एक खेलाडी एवं पूर्व विश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई मोटरसाइकलले सम्मान गर्ने भएको छ ।

१३ औँ पुष्पलाल स्मृति र्‍याङ्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अन्तिम दिन शनिबार प्रिन्सलाई सम्मान गर्न लागिएको हो ।


संघले पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको लगातार तीन संस्करणको विजेतालाई मोटरसाइकलले सम्मान गर्ने घोषणा अनुरूप यस पटक प्रिन्सलाई सम्मान गर्न लागेको हो ।

प्रिन्सले पुष्पलाल स्मृति ब्याडमिन्टनको १०औँ, ११औँ र १२ औँ संस्करणको उपाधि जितेको थियो ।

यस अघि यो सम्मानबाट रत्नजित तामाङ र नङ्गशलदेबी तामाङ सम्मानित भईसकेका छन् ।

नेपाल एपिएफ क्लबका प्रिन्स दाहाल १३ औँ पुष्पलाल स्मृति र्‍याङ्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा पुगिसकेका छन् । उनले उपाधिका लागि ललितपुरका प्रफुल महर्जनसँग खेल्नेछन् ।


Author

थप समाचार
x