खेलकुद

नेपाली फुटबल टिमले आज मलेसियाविरुद्ध अभ्यास खेल खेल्दै

इकागज |
चैत २, २०८० शुक्रबार १०:२५ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमले आज मलेसियाविरुद्ध अभ्यास फुटबल  खेल खेल्दैछ ।

नेपाल र मलेसियाबीचको खेल मलेसियाको शाह आलमस्थित यूआईटिएम मैदानमा नेपाली समयअनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ ।


फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत दोस्रो चरणमा बहराइनविरुद्ध खेल्नुअघि नेपालले मलेसियासँग अभ्यास खेल खेल्न लागेको हो ।

नेपालले मार्च २१ र २६ तारिखमा बहराइनसँग खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x