खेलकुद

स्पार्टा प्रागको पोस्टमा लिभरपुलको ६ गोल

इकागज |
चैत २, २०८० शुक्रबार ११:० बजे

काठमाडौँ- युरोपा लिग फुटबल प्रतियोगिताअन्तर्गत इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले स्पार्टा प्रागविरुद्ध शानदार जित हात पारेको छ ।

बिहीबार राति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा लिभरपुलले प्रागको फुटबल क्लब स्पार्टालाई ६-१ गोलअन्तरले पराजित गरेको हो ।


लिभरपुलले पहिलो लेगमा पनि ५-१ जित निकालेको थियो । यससँगै लिभरपुलले समग्रमा ११-२ गोलअन्तरको जितमा अन्तिम ८ मा प्रवेश गरेको छ ।

बिहीबार रातिको खेलमा लिभरपुललाई जित दिलाउन कोडी गाक्पोले २ तथा डार्विन नुनेज, बोबी क्लार्क, मोहमद सालाह र डोमिनिक जोबोस्लाईले एक-एक गोल गरे ।


Author

थप समाचार
x