खेलकुद

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीले रियल मड्रिडको सामना गर्ने

इकागज |
चैत २, २०८० शुक्रबार १७:४९ बजे

काठमाडौँ- यूइएफए च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा साविक विजेता म्यानचेस्टर सिटीले रियल मड्रिडको सामना गर्ने भएको छ ।

शुक्रबार भएको 'ड्र' अनुसार इंग्लिस क्लब सिटीले स्पेनिस क्लब रियल मड्रिडको सामना गर्ने भएको हो ।


त्यसैगरी, अर्को स्पेनिस क्लब एटलेटिको मड्रिडले जर्मन क्लब बोरुसिया डर्टमन्डविरुद्ध खेल्नेछ भने बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनको सामना गर्ने भएको छ ।

यता इंग्लिस क्लब आर्सनलले जर्मन क्लब बायर्न म्युनिखको सामना गर्ने तय भएको छ ।


Author

थप समाचार
x