खेलकुद

अल-नासरको जितमा रोनाल्डोको गोल

इकागज |
चैत ३, २०८० शनिबार १०:५ बजे

काठमाडौँ- साउदी प्रो लिगमा अल-नासरले अल-अहलीमाथि संघर्षपूर्ण जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा अल-नासरले अल-अहलीलाई १-० को संघर्षपूर्ण जित दर्ता गरेको हो ।


अल-नासरको जितमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे ।

रोनाल्डोले ६८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अल-नासरको जित सुनिश्चित गरे ।

जितसँगै शीर्ष स्थानको अल-नासरले २४ खेलबाट ५६ अंक जोडेको । दोस्रो स्थानको अल-अहलीको ४७ अंक छ ।


Author

थप समाचार
x