खेलकुद

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक

इकागज |
चैत १५, २०८० बिहीबार १६:४५ बजे

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको नयाँ तालिका सार्वजनिक गरेको छ ।

आजको लागि तोकिएको टी-२० सिरिजको पहिलो खेल वर्षाले हुन नसकेपछि क्यानले नयाँ तालिका सार्वजनिक गरेको हो ।  


नयाँ तालिकाअनुसार अब नेपाल ए ले मार्च  २९, ३० र अप्रिल १ मा आयरल्याण्ड वोल्भ्ससँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

टी-२० सिरिज खेल्ने नेपाली ए टिम :

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् । 


Author

थप समाचार
x