खेलकुद

प्रिमियर लिग : आर्सनल र म्यानचेस्टर सिटीबीचको भिडन्त आज राति

इकागज |
चैत १८, २०८० आइतबार १६:४२ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत आर्सनल र म्यानचेस्टर सिटीबीचको बहुप्रतीक्षित फुटबल खेल आज राति हुँदैछ ।

शीर्ष स्थानको आर्सनल र साविक विजेता म्यानचेस्टर सिटीबीचको खेल म्यानचेस्टर सिटीको घरेलु मैदान एतिहादमा नेपाली समयअनुसार आज राति ९:१५ बजे सुरु हुने तालिका रहेको छ ।


लिगमा पकड बनाउनका लागि आज रातिको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ । शीर्ष स्थानको आर्सनलले २८ खेलबाट ६४ अंक जोड्दा तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले २८ खेलबाटै ६३ अंक हात पारेको छ ।

दोस्रो स्थानको लिभरपुलको पनि २८ खेलमा ६४ अंक छ । तर गोलअन्तरमा भने आर्सनल माथि रहेको छ । लिभरपुलले पनि आजै राति ब्राइटनको सामना गर्दैछ ।

यता आज रातिको खेलले आर्सनल र म्यानचेस्टर सिटी आगामी यात्राको पनि टुंगो लगाउन मद्दत गर्ने देखिन्छ ।

आर्सनलले जित हात पारेको खण्डमा उसले साविक विजेतासँगको दूरी ४ अंकमा पुर्‍याउनेछ । यता सिटीले जित हात पारेको खण्डमा शीर्ष स्थानमा उक्लिने सम्भावना रहन्छ तर त्यसका लागि लिभरपुलले खेल्ने खेलको नतिजाले पनि असर गर्नेछ ।


Author

थप समाचार
x