खेलकुद

दक्षिण अफ्रिकाका एक फुटबलरको गोली हानी हत्या

इकागज |
चैत २३, २०८० शुक्रबार १०:४१ बजे

काठमाडौँ- दक्षिण अफ्रिकाका फुटबलर ल्युक फलेउर्सको गोली हानी हत्या गरिएको छ ।

ल्युकको कार लुट्ने क्रममा लुटेराले उनको गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको बीबीसीले उल्लेख गरेको छ ।


जोहानेसवर्गको एक पेट्रोल पम्पमा उनीमाथि गोली प्रहार भएको थियो ।

काइजर चिफ्स क्लबका २४ वर्षीय स्टार खेलाडी ल्युक गाडीमा बसिरहँदा हतियारसहित आएका समूहलाई उनलाई गाडीबाट झर्न भएको बताइएको छ ।

त्यसपछि उनीमाथि गोली प्रहार गरेर एक लुटेराले ल्युकको गाडी लिएर फरार भएको बीबीसीले जनाएको छ ।


Author

थप समाचार
x