खेलकुद

६ नेपाली महिला क्रिकेटरले सुपर वुमन्स कप खेल्ने

इकागज |
बैशाख ८, २०८१ शनिबार १०:२९ बजे

काठमाडौँ- नेपालका ६ महिला क्रिकेटरले मलेसियामा आयोजना हुने मलेसिया सुपर वुमन्स कप खेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले जनाएअनुसार मलेसिया क्रिकेट संघले अप्रिल २४ देखि मे ५ तारिखसम्म आयोजना गर्ने मलेसिया सुपर वुमन्स कप क्रिकेट प्रतियोगिता खेल्ने भएका हुन् ।


क्यानका अनुसार नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु वर्मासँगै रुविना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले उक्त प्रतियोगितामा सहभागिता जनाउने भएका हुन् ।


Author

थप समाचार
x