खेलकुद

सूर्य नेपाल काठमाडौँ ओपन गल्फ मंगलबारबाट

इकागज |
बैशाख १०, २०८१ सोमबार १६:२० बजे

काठमाडौँ- सूर्य नेपाल गल्फ टूर २०२३-२४ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपन गल्फ प्रतियोगिता मंगलबारबाट सुरु हुने भएको छ ।

शुक्रबारसम्म चल्ने प्रतियोगिता ७२ होलको हुने तथा प्रतियोगितामा ४१ गल्फरको सहभागिता रहने नेपाल प्रोफेसनल गल्फर्स एसोसियसनले जनाएको हो ।


प्रतियोगितामा ३२ प्रोफेसनल तथा ९ अमेच्योर गल्फरको सहभागिता रहनेछ । ३६ होलपछि शीर्ष २१ गल्फर अन्तिम ३६ होलका लागि खेल्नेछन् ।

प्रतियोगिताको विजेताले १ लाख २० हजार, उपविजेताले ८२ हजार तथा तेस्रो हुनेले ६६ हजार पाउनेछन् । चौथोले ५५ हजार तथा पाँचौँले ४३ हजार पाउने आयोजकले जनाएको छ ।


Author

थप समाचार
x