खेलकुद

दशौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा हुन्छ : मन्त्री श्रेष्ठ

इकागज |
जेठ २८, २०८१ सोमबार १५:३७ बजे

फाइल फोटो

काठमाडौँ  - खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा आयोजना हुने बताएका छन् । 

सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माणाधीन रंगशालाको अवलोकन गदै मन्त्री श्रेष्ठले दशौं राष्ट्रिय खेलकुदका लागि सरकारले बजेट नै घोषणा गरिसकेकाले निर्धारित मितिमै प्रतियोगिता हुने बताएका हुन् । मन्त्री श्रेष्ठले तोकिएकै समयमा आयोजना गर्नका लागि मन्त्रालयको काम प्रक्रिया अघि बढिसकेको जानकारी पनि दिए । 


खेलकुद प्रतियोगिता तोकिएकै मितिमा गर्नका लागी मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद लगायत सम्पूर्ण टिम कर्णाली केन्द्रित भइसकेको उनको भनाइ छ । मन्त्री श्रेष्ठले कर्णालीमा निर्माण भइरहेको रंगशाला र अन्य भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको लगानी तथा प्रदेश खेलकुद परिषद्को सक्रियता निकै सकारात्मक रहेको बताए । 

मन्त्री श्रेष्ठले २०८१ मंसिरमा दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको उत्तिकै भूमिका रहने भएकाले पूर्व तयारीका लागि आवश्यक परार्मशका लागि आएको जानकारी दिए । मन्त्री श्रेष्ठले प्रतियोगिताको तयारीका विषयमा कर्णालीका मुख्यमन्त्री र मन्त्रीहरू र सरोकार निकायसँग पनि छुट्टै छलफल गरेका छन् । 


Author

थप समाचार
x