विचार

वेद र विज्ञानको आँखामा पञ्चगव्य र सप्तमृत्तिका

नारायण घिमिरे |
साउन २६, २०७९ बिहीबार १२:२० बजे

वैदिक परम्परामा आउँदै गरेको जनैपूर्णिमामा गरिने श्रावणी महास्नानमा निस्कनुपूर्व बिहानै उठी पञ्चगव्य सेवन गर्न भनिन्छ। पञ्चगव्य सेवन किन गर्ने भन्ने रहस्य वेद र विज्ञानको दृष्टिकोणबाट खोतल्न सक्दा यसले हामीलाई नयाँ अवधारणा विकास गर्न सहयोग गर्न सक्दछ ।

आजको हाम्रो जीवन पद्धतिको सम्पूर्ण पक्षलाई मूल्याङ्कन गरेर बताउँदा पञ्चगव्य गाईको ६० एमएल घिउ, ६० एमएल गहुँतको अर्क, जुरो हुने गाईको उमालिएको ४०० एमएल दूध, कम्तीमा २० मिनेट शुद्ध जलको बाफमा रहन दिई शुद्धीकरण गरिएको ५ ग्राम स्वस्थ गोबर र १८० एमएल एक लिटर दूधलाई आधा हुने गरी उमालिएको गाईको दूधबाट बनेको १८० एमएल दही मिलाएर बन्नु जरुरी छ। 


हाम्रो परम्परामा पञ्चामृत र पञ्चगव्य जस्ता आध्यात्मिक महत्त्वका वस्तुहरूबारे गहिरो ज्ञान भएकाले निर्माण गर्दथे। स्वच्छ चरनमा आफूलाई मन परेको घाँस खाएर चर्ने गाई गोठ सफा ओभाना हुन्थे। दूध, दही, गहुँत र गोबर सबै शुद्ध रहन्थे। 

आज दाना खुवाउने र व्यावसायिक दृष्टिमा हुने गाईपालनमार्फत आउने पञ्चगव्यको कच्चा पदार्थ निश्चित शुद्धताबिना ग्रहण गर्नुले वैदिक उद्देश्यको पूर्ति हुने गरी हाम्रो शरीरलाई स्वास्थ्यकर हुने पञ्चगव्य बन्न कठिन छ। विज्ञानको गहिरो समझअनुरूप समयअनुसार बदलिँदो स्वास्थको दृष्टिकोणबाट परिस्थितिजन्य प्रमाणित जोखिम विज्ञानबाट नै प्रमाणित बनेको जोखिमविहीन विधि र प्रक्रियामार्फत हटाउँदै पञ्चगव्य निर्माण गरी त्यसबाट लक्षित फाइदा उठाउनु नै बुद्धिमानी हुनेछ।

माथि उल्लेख गरिएअनुरूप बन्ने पञ्चगव्यको हरेक तत्त्वको आफ्नै औषधीय मूल्य रहेको आज विज्ञानबाट प्रमाणित भएको छ। गाईको घिउले शरीरको बोसो र मासुमा घुलेर बस्ने विष निकाल्ने, रगत सफा गर्ने, घाउ खटिरा निको गर्ने, छालाको रोग निको गर्न सहयोगी हुने, छाला र तन्तुको सूक्ष्म चिराहरू बन्द गर्ने जस्ता क्षमता विभिन्न हर्बल फर्मुलेसन, आयुर्वेदिक ओखती र पञ्चकर्म आदिमा उपयोग हुने गरेको छ। 

गाईको घिउले स्मरण शक्ति बढाउने, दिमागलाई चतुरो राख्ने र सङ्क्रमण हुन नदिने क्षमताका कारण यसलाई मेन्टल टनिक हरूमा प्रयोग हुन्थ्यो। यसका मानिसलाई छिटै बूढो हुन नदिने, रोग प्रतिरोधी क्षमता निर्माण गर्ने, ढुसी प्रतिरोधी क्षमता, विज्ञानले अनुमान गरेभन्दा विपरीत रगतमा क्लोस्टेरोल नबढाउने, जरुरी भन्दा धेरै पित्त रस उत्पादन हुनबाट समेत रोक्ने क्षमतायुक्त गाईको घिउ मानिसको खान्कीको प्रमुख छनौटको विषय बनेको हो।

गाईको गहुँतको अर्क क्यान्सर, एड्स, छालाको रोग जस्तैस् सोरायोसिस र अन्य चर्म रोग निको हुने भन्दै अमेरिकामा समेत यसको दुईओटा पेटेन्ट दर्ता छ। हाल तिनै रोगको ओखतीको रूपमा गहुँतको अर्कको ट्याब्लेट र क्याप्सुल समेत बनेका छन्। 

गहुँत आफैमा युरिया, नाइट्रोजन, सल्फर, फस्फोरस, सोडियम, भिटामिन ए, बी, सी, डी तथा ई, विभिन्न मिनिरल जस्तै आइरन, औरम अक्साइड ९गोल्ड०, क्याल्सियम आदिको श्रोत रहेकोले एकातर्फ यसले विभिन्न रोगाणु नष्ट गर्ने काम गर्छ भने यसलाई तरकारी आदि हुने बिरुवाको मलका रूपमा प्रयोग गरी त्यसको उत्पादनमार्फत शरीरमा हुने त्यस्ता पदार्थको पूर्ति गरिने गरिन्छ। 

गाईको उमालिएको दूध आन्द्राको पाचन प्रक्रिया सञ्चालनमा सहयोगी रहने ल्याक्टिक एसिडको श्रोत मात्र नभएर आमाको दूधपश्चात् उच्च ए(टु अमिनो एसिडयुक्त दूध हो। कम क्यालोरी, राम्रो कोलेस्ट्रोल, धेरै सूक्ष्म पोषण तत्त्व, क्याल्सियम अधिक रहेको धेरै मिनिरलहरूको श्रोत तथा उच्च भिटामिन ए, बी कम्प्लेक्स, भिटामिन सी आदि युक्त भएकाले मानव जीवनमा यसको ठूलो मूल्य छ। गाईको दूध पौष्टिक आहारबाहेक पेप्टिक अल्सर, छालाको क्यान्सर, चर्मरोग लगायतका धेरै औषधीय प्रयोजनमा उपयोग हुन्छ।

पानीको बाफले गोबरमा हुन सक्ने हानिकारक रोगाणु निष्क्रिय गरी शुद्धीकरण गरिएको गाईको गोबर धेरै रोगाणुका माइक्रोअर्गानिजम मार्ने खुबीका कारण एन्टीसेप्टिक र डिसइनफेकटेन्टको रूपमा प्रयोग हुन्छ। पहिले चुलोको लिपपोतमा समेत रातो माटो सँग गाईको गोबर नै प्रयोग हुने गर्दथ्यो। हाल यसको पानीमा घोलेर बनाइएको घोल एन्टीसेप्टिक र डिसइनफेकटेन्टको रूपमा व्यापारिक उपयोग हुने गरेको छ। 

भिटामिन बी(१२ पाइने गाईको गोबरबाट बन्ने दाँत माझ्ने पाउडर दाँतको क्यभीटीको समस्या, मुख गनाउने हटाउन, गिजामा हुने ब्याक्टेरियाको इन्फेक्सन आदिको उपचारमा प्रयोग गरिने गरेको छ। गाईको गोबर मिश्रित क्रिम तथा लोसन सोरायोसिस, चिलाउने, दाद लगायतका चर्म रोगको उपचारमा तथा स्याम्पु टाउकोको छालाको सुख्खापन हटाउन र चायाँको उपचारमा प्रयोग हुने गरेको छ। आयुर्वेद र प्राकृतिक उपचार पद्धतिमा गाईको गोबर विभिन्न हर्बल थेरापीमा प्रयोग हुन्छ। 

गाईको गोबरले लिपपोत गरी एक सामान्य झुप्रोलाई घरमा परिवर्तन गर्ने, गुइँठा इन्धनको लागि बल्ले, गोबरको किरा भुसुना धपाउने धूप आदि बनाउने र जलेर सेतो भएको खरानी विभूतिको रूपमा लगाउने चलन पुरानो हो। विभूति आफै मिनिरलहरूको सार रहेकोले रोगाणु नाशक र छालाको स्वस्थ सुधारका लागि उत्तम हुने गर्दछ। 

गाईको दूधबाट बनेको दही वास्तवमै एक उत्कृष्ट प्रोबायोटिक्स हो। मानिसको आन्द्रामा यसले खाना पचाउन तथा पाचन प्रणाली र ब्रेनबीचको सञ्चार कायम गर्ने गट ब्रेन भनिने आन्द्रामा पाचन क्रिया सञ्चालन गर्नको लागि जरुरत हुने सूचना सम्प्रेषण प्रणालीलाई चुस्त बनाउने गर्दछ। जसले गर्दा मस्तिष्कको जरुरतको कुरामा ध्यान पुर्‍याउन सक्ने क्षमता वृद्धि गर्ने, मस्तिष्कको टनिकको काम गर्ने र स्नायुहरूको सक्रियता अभिवृद्धि गर्ने जस्ता कार्यमा मुख्य भूमिका खेल्दछ। 

दहीमा हुने प्रोटिनयुक्त तत्त्व र फ़िनाइल ल्याक्टिक एसिड जस्ता सारतत्व खानालाई टुक्राएर शरीरका लागि जरुरी हुने सार तत्त्व निकाल्ने मेटावोलाइटको काम गर्ने गर्दछन्। दही आफैले अल्सरको उपचार गर्न, पेट पोल्ने दुख्ने तथा कोलोन क्यान्सर जस्ता समयमा दर्द घटाउन र त्यसको हिलिङमा सहयोगी भूमिका खेल्दछ। दहीको एन्टीफंगल अर्थात् ढुसी प्रतिरोधी गुण कपाल टुक्रिने, बिग्रिने, झर्ने उपचार, चायाँको उपचार, सुख्खा भएर पाप्रा हुने छालाको उपचार आदिमा प्रयोग हुने गरेको छ। 

समग्रमा पञ्चगव्यको सेवन मनोवैज्ञानिक दक्षता अभिवृद्धि, रोग प्रतिरोधी क्षमताको विकास, भौतिक स्वास्थको तथा आध्यात्मिक सबलताको प्रवर्धन गर्ने सक्षम रहेको वैज्ञानिक परीक्षणहरूले देखाएको छ। 

जनैपूर्णिमामा श्रावणी महास्नानको क्रममा धार्मिक जलाशयमा पुगेर विविध आयुर्वेदिक औषधी बन्ने जडीबुटी एवं पदार्थहरू जस्तैस् कुश, दूबो, अपामार्ग (दतिवन), तिल, जौ, शुद्ध माटो, सप्तमृत्तिका (तबेला, हात्तीसार, गाई गोठ, तीर्थस्थल वा तालको किनार, राजद्वार वा न्यायालय द्वार, गुरुद्वार, नदीको सङ्गमको स्थान गरी सात स्थानको माटो), गाईको गोबर, खरानी र तिलक आदिले वैदिक मन्त्र उच्चारण गर्दै नुहाउने गरिन्छ। 

उपयोग गरिने कुश, दूबो, अपामार्ग (दतिवन), तिल, जौ, गाईको गोबर, खरानी र तिलक (भस्म) बारे प्राय चर्चा हुने गरेको भेटिन्छ। यसमा भने महास्नानअन्तर्गत किन शुद्ध माटो, सप्तमृत्तिका (तबेला, हात्तीसार, गाई गोठ, तीर्थस्थल वा तालको किनार, राजद्वार वा न्यायालय द्वार, गुरु द्वार, नदीको सङ्गमको स्थान गरी सात स्थानको माटो) र तिलकको प्रयोग हुन्छ भन्ने रहस्यबारे वेद र विज्ञानको दृष्टिकोणबाट देख्न सकिने केही प्रमाणित यथार्थ हरूबारे थप चर्चा गरौँ। 

विज्ञानको भाषामा अङ्ग्रेजीको शब्द मास्ट सेलले तपाईँको प्रतिरक्षा प्रणालीको महत्त्वपूर्ण हिस्साका रूपमा रहेको एक प्रकारको कोशिका अर्थात् सेललाई जनाउने गर्दछ। हड्डीको मासीमा मुख्य रूपमा पाइने मास्ट सेलहरू शरीरभरका सम्पूर्ण तन्तुहरूमा र रक्त नालीहरूको वरपर खटिएका हुन्छन्। 

शरीरको प्रतिरक्षा प्रणालीको सन्तुलन कायम गर्ने मुख्य जिम्मेवारी त्यही माष्ट सेलहरूको हुने गर्दा। शरीरको प्रतिरक्षा प्रणालीको पहिलो सुरक्षा घेराको संयन्त्र बनाएर बसेको ओठ, नाक, कान, आँखा, गुप्ताङ्गको प्वाल, छाला, म्युकस, र्‍यालहरू, आन्द्रा, गुदद्वार आदि सबै स्थानमा माष्ट सेलहरूसमेत प्रचुर मात्रामा खटाइएको हुन्छ।

माष्ट सेलहरूको खानाको पाचन प्रक्रियामा सघाउने गट ब्याक्टेरिया (कोमेन्सल जीवाणु) हरूको सन्तुलन मिलाउने समेत भूमिका रहन्छ। हरेक मास्ट सेलको साइटोप्लाज्ममा ५० देखि २०० वटा ठूला कणिकाहरू हुन्छन्। त्यसभित्र हिस्टामाइन, हेपरिन, विभिन्न प्रकारको साइटोकिनस्, कोनडोरटिन सल्फेट र तटस्थ प्रकृतिका प्रोटीएज आदिको भण्डारण भएको हुन्छ। जसलाई सेल मेडीएटर भनिन्छ। 

सेल मेडीएटरको काम नियमित रूपमा शरीरभरको हरेक भागमा सक्रिय उपस्थित रहनु हुन्छ। स्नायु प्रणालीको शरीरको कुनै पनि भागले तनाव वा खतरा महसुस गर्‍यो वा अचानक कुनै प्रकारको दर्द वा असामान्य टचको महसुस गरेको सूचना पाएको वेला माष्ट सेलहरूले सेल(मेडीएटरहरू लाई तुरुन्त त्यस्ता स्थानमा डिस्चार्ज गर्दछ। यसरी बाहिर आएका सेल मेडीएटरहरूले उक्त भागमा सङ्क्रमणको लागि जिम्मेवार तत्त्व विरुद्ध लड्ने सक्रिय प्रतिरक्षा प्रणालीको काम गर्दछ। सेल मेडीएटरहरू सङ्क्रमण विरुद्ध लड्ने क्रममा उक्त भागको ताप क्रम बढ्नगई दर्दको महसुस हुने गर्दछ।

शरीरमा माष्ट सेल सक्रिय हुँदा मानिस थकित हुने, दिलको धड्कन बढ्ने, छाला चिलाउने, जिब्रो सुन्निने, मुखमा गाज आउने, पेटमा ग्यास बढ्ने, पेट फुल्ने, बान्ता, पेट दुख्ने, चक्कर लाग्ने, छाला रातो हुने, सुन्निने आदि जस्ता एक वा एक भन्दा धेरै लक्षणहरू देखिने गर्दछ। कहिलेकाहीँ यो समस्या कुनै बाहिरी तत्त्वको सङ्क्रमणको कारण नभएर वातावरण वरपरबाट वा खानाबाट शरीरको सम्पर्कमा आएको केमिकल वा प्रोटिनको कारण हुने गर्दछ। उक्त प्रकारको केमिकल वा प्रोटिन थाहा नभएको कारणबाट शरीरले सहँदैन र त्यस्तो समस्या देखिन पुग्छ। 

यदि समस्या खाना वा वातावरणको प्रोटिन बाहेकको कारण भएको हो भने त्यसलाई केमिकल सेन्सीटिभिटी भनिन्छ। यदि खाना वा वातावरणको प्रोटिन त्यसको कारक बनेमा त्यसलाई एलर्जी भनिन्छ। 

अनुसन्धानहरूले सङ्केत गरेअनुरूप कतिपय न्यूरोलोजिकल र मनोरोगको लक्षणहरू पैदा गर्न तथा धेरै प्रकारका रासायनिक वा प्रोटिनका संवेदनशीलता कारक बनिदिन्छ। डर जस्तै यसको कुनै प्रभावकारी उपचारको उपायहरू हाल सम्म खासै उपलब्ध छैन। यसको उपचार अन्तर्गत आफूलाई एलर्जी हुने खाना, पेय वा पानी र केमिकल सेन्सिटिभिटी हुने केमिकल पदार्थहरूबाट जोगिएर पर रहनु र जोगिनु नै प्रमुख हुने गर्दछ। आफूलाई नसहने चिजले दिने यस्तो एलर्जी वा सेन्सिटिभिटीका लक्षणहरू ३ देखि ५ मिनेटमा पुनः दोहरिने गरेको देखिन्छ।

हाम्रो चलन चल्तीको भाषामा कुनै पनि चिज या वस्तुले हाम्रो शरीरमा नकारात्मक असरलाई देखाउने गरेमा त्यसलाई हामी एलर्जी भन्ने गर्दछौ। यथार्थमा खाना, गन्ध वा वासना, हावा, पानी, माटो, घाम, बोटबिरुवा, पराग कण, धुलो, औषधि आदि जे सुकैले पनि मानिसलाई एलर्जी हुन सक्छ। जस्तै कसैलाई गहुँको, कसैलाई भटमास, कसैलाई बदामको, कसैलाई नट्स खानामा पर्नु हुँदैन। कोहीलाई माछा सुँघ्नै हुँदैन। कसैलाई धुलोको एलर्जी हुन्छ। कसैलाई ईष्ट, अत्तर वा औषधि आदि पनि एलर्जी हुन्छ। 

एलर्जीमा हुने माष्ट सेल भित्र हुने मूलतः हिस्टामिन नामक रसायन माष्ट सेलबाट बाहिर निस्किएर जुन भागमा पुग्छ त्यहीँ एलर्जी हुने मान्यता छ। माष्ट सेल सबैभन्दा बढी छालामा, त्यस पछि नाक, घाँटी, आन्द्रा, श्वास–प्रश्वास नली, आँखा, पाठेघर तथा योनी आदिमा हुन्छ। एलर्जी हुँदा तिनै अङ्गहरू धेरै प्रभावित भएको हुन्छन्।
छालामा एलर्जी हुँदा चिलाएर डाबर आउने, दुख्नेस कानमा हुँदा रातो हुने, सुन्निने र इरिटेसन हुने, नाकमा हुँदा हाच्छिउँ आउने, रातो हुने, सुन्निने, इरिटेसन हुने गर्दछ। श्वास नलीमा हुँदा खोकी, दम हुने, आँखामा भयो भने सुन्निने, रातो हुने र आँसु आउने आदि हुन्छ। फोक्सोको एलर्जी श्वास फेर्न गाह्रो हुने र प्राण घातक हुने सम्म हुन्छ।

शरीरमा छुँदा डाबर आउने, तातो वा चिसो सङ्क्रमणमा, दही खाँदा पनि एलर्जी हुने समस्या निकै देखिन्छ। एलर्जी हुँदा मानिसमा अन्यत्र पनि समस्या देखिन सक्छ। जस्तै एलर्जीका कारण ग्यास्ट्रिक हुने, खानाको एलर्जीले छाला र आन्द्रामा डाबर आउने, पेट दुख्ने, वाकवाकी लाग्ने र उपचारका लागि अस्पताल भर्ना गर्नुपर्ने आदि समेत हुन्छ। 

एलर्जीको खासै उपचार नभएकाले यसको लक्षणको उपचार गरिन्छ। जस्तै चिलाए नचिलाउने, श्वास फेर्न गाह्रो भए श्वास खुल्ने, आँखा सुन्निएको रातो भएको भए आँखामा हाल्ने औषधि, हाच्छिउँ भए नाकमा राख्ने औषधि आदि। आज औषधि विज्ञानले माष्ट सेलभित्र रहेको हिस्टामिन रसायन भित्रै रोकेर राख्ने औषधि त विकास गरेको छ। तर त्यस्ता औषधिले शरीरको रोग प्रतिरोधी क्षमता बिथोलिदिने हुँदा बाहिरी रोगाणु वा विषको सङ्क्रमण हुँदा जीवन नै जोखिम युक्त बनिदिन्छ। त्यसैले आफूलाई कुन कुराको एलर्जी छ त्यो बारे जानकारी लिने र जोगिने नै यसको उत्तम उपाय हो भनिएको हो।

हामीलाई यो कुरा अवगत नै छ कि प्रभावकारी खोपको विकास गर्ने क्रममा मानिसलाई जुन रोगाणुको सङ्क्रमण विरुद्ध सक्षम बनाउनु पर्‍यो त्यही रोगाणुको निष्क्रिय तत्त्व शरीरमा इन्जेक्सन दिइन्छ। जसले गर्दा शरीरको प्रतिरक्षा प्रणालीले त्यस विरुद्ध लड्न र त्यसलाई सुरक्षित रूपमा शरीर बाहिर फाल्न तालिम पाउँछ। पछि वास्तवमै सङ्क्रमण हुँदा शरीरले त्यसको व्यवस्थापन गर्न सिकेको हुन्छ। त्यसको नियन्त्रणमा शरीर आफै सक्षम बन्दछ। 

पछिल्लो समयमा एलर्जी जस्ता जीवन नै जोखिममा पारिदिने समस्याको उपचार विधि अन्तर्गत मानिस लाई जे जे को एलर्जी भएको भेटिन्छ त्यसैको सारतत्व निकालेर पूर्ण सुरक्षित रूपमा थोरै थोरै दिने र शरीरको प्रतिरक्षा प्रणाली लाई उक्त एलर्जी आफैले व्यवस्थापन गर्न सक्ने बनाउने गर्ने गरिएको छ। जुन प्रभावकारी समेत देखिएको छ। 

यसै क्रममा संसारमा प्रायस् एलर्जी हुने पदार्थहरू हेर्दै जाँदा दूध, अण्डा, गहुँ, जौ लगायतका खाना, कुकुर, घोडा, बिरालो, सर्प, मौरी, माछा, झिँगे माछा, घुँगी, माटो, खरानी, अङ्गार युक्त तत्त्व आदि भेटिएको छ। त्यस्तै नट, तिल, तोरी, भटमास, सेलरी, गन्धक, ढुसी, विशेष प्रकारका रुख, घाँसको पोलेन, झार आदि भेटिएका छन्।     

यो सन्दर्भमा जब तपाईँ हाम्रा न्वारानमा भलायो पड्काउने देखि विभिन्न चरुहरू बालेर गरिने पूजा बारे विचार गर्नु हुन्छ, जागियामा विभिन्न रुख पातहरू प्रयोग हुने, समिधाहरू बाल्ने, पञ्चामृत बाँडिने, घिउ र अन्नको होम हालिने आदिको प्रभाव बारे विचार गर्नु हुन्छ, ति कुराले हामीलाई एलर्जी गर्न सक्ने वस्तुहरूले दिन सक्ने जोखिम माथि शरीरको सहजै नियन्त्रण गर्ने क्षमता विकास गर्न सघाएको सहजै बुझ्नु हुने छ। 

त्यो भन्दा पनि शुद्ध माटो, पोखरीको माटो, सप्तमृत्तिका अन्तर्गत तबेला, हात्तीसार, गाई गोठ, तीर्थस्थल वा तालको किनार, राजद्वार वा न्यायालयको द्वार, गुरु द्वार, नदीको सङ्गमको स्थान गरी सात स्थानको माटो र तिलक ९कार्बन भस्म० आदिले हाल संसारका मानिसहरूमा अत्यधिक प्रचुर मात्रामा देखिएकाले प्राथमिक एलर्जी र केमिकल सेन्सिटिभिटीको दर्जा दिने गरेको समस्या विरुद्ध लड्न हाम्रो शरीरलाई सक्षम बनाउन सहयोग गर्ने गरेको सजिलै बुझ्न सकिन्छ। अन्यत्र भन्दा वैदिक संस्कार र संस्कृतिमा हुर्किएका मानिसहरूमा किन अत्यन्त कम एलर्जी र केमिकल सेन्सिटिभिटीको समस्या देखिने गरेको होला भन्ने प्रश्नको समेत अनुमान लगाउन सहयोग गर्दछ।

समग्रमा वैदिक परम्पराको महत्त्वपूर्ण सामाजिक कार्यहरूमा पन्च कव्य सेवन गर्ने, सप्तमृत्तिका र तिलक ९कार्बन भस्म० आदिले नुहाउने जस्ता वैदिक चलन सांस्कृतिक चरित्रको रूपमा किन विकास भयो भन्ने कुरा बुझ्न हामीलाई सहज तुल्याएको छ। ढिलै भए पनि पञ्च(गव्य सेवन र सप्तमृत्तिका स्नानको वैज्ञानिक पक्षबारे प्रस्ट हुने अवसर जुराएको छ।


Author

नारायण घिमिरे

घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन् ।


थप समाचार
x