चट्याङ : चुनौती कि अवसर ?
वर्षात् अगाडि आकाशमा बिजुली मिल्कनु सामान्यतया पहिलो संकेत हो जुन ठूलो आवाजले गर्जन्छ, मानव तथा सम्पूर्ण प्राणीहरूलाई तर्साउँछ, जसलाई हामी चट्याङ भन्छौँ । चट्याङ इलेक्ट्रोनहरूको धेरै ठूलो स्पार्क हो जुन एक ठाउँबाट अर्को ठाउँमा छिट्टै सर्छ । इलेक्ट्रोनहरू एटमको नकारात्मक रूपमा चार्ज हुने भागहरू हुन् । तिनीहरू परमाणुको वरिपरि घुम्छन्, जुन सकारात्मक (पोजिटिभ) रूपमा चार्ज हुन्छ । मानव आँखाले देख्न नसकिने इलेक्ट्रोनहरू धेरै साना हुन्छन । जब चट्याङ प्रहार हुन्छ, तब इलेक्ट्रोनहरू उच्च गतिमा हावामा घुम्छन् कि तिनीहरू यति बिघ्न उच्च गतिमा दौडन्छ कि हावामै ज्वाला उत्पन्न हुन्छ । तपाईंले आकाशमा देख्नुभएको रेखा हावाबाट इलेक्ट्रोनहरू दौडिरेहेको मार्ग हो ।
चट्याङ मूलत: धेरै सकारात्मक (पोजिटिभ) चार्ज भएका क्षेत्रहरूबाट धेरै नकारात्मक (नेगेटिभ) चार्ज भएका ठाउँहरूमा प्रवाह हुने विद्युतीय प्रवाह हो । चट्याङमा धेरै आधारभूत चरणहरू छन् । पहिलो, स्थिर बिजुली गर्जनको बादलभित्र बनाउँछ र जमिनलाई सकारात्मक चार्ज बनाउँछ अर्को, इलेक्ट्रोनहरूको सानो नकारात्मक चार्ज स्ट्रिम जमिनमा सकारात्मक इलेक्ट्रोनहरूतर्फ तल सर्छ । जब त्यो धार जमिनको नजिक पुग्छ, सकारात्मक चार्ज उफ्रन्छ र जोडिन्छ । सकारात्मक चार्जहरू माथितिर जान जारी राख्छन्, एक शानदार फ्ल्यास सिर्जना गर्दछ । यो फ्ल्यास सामान्यतया नानो सेकेन्डभन्दा पनि सानो हुन्छ तर चट्याङ भने १ लाख माइल प्रतिसेकेन्डको गतिमा दौडन्छ ।
चट्याङ मूलत: तीन प्राथमिक प्रकारहरू छन्; बादलसँग बादल (इन्टर–क्लाउड वा आईसी); एक बादलबाट अर्को बादल (क्लाउड टु क्लाउड, सि सि) र अन्तमा बादल र जमिन (क्लाउड टु ग्राउन्ड सिजी) । यद्यपि चट्याङ प्राय: गड्याङगुडुङ गर्जनको साथमा हुन्छ, केही टाढाको मिल्केको देख्न सकिन्छ तर धेरै टाढाको लागि गर्जन नै सुन्नुपर्छ । चट्याङ विश्वभर एक सेकेन्डमा लगभग ४०–५० पटक हुन्छ, जसको परिणामस्वरूप प्रति वर्ष लगभग १.४ बिलियन पटक आकाश मिल्किन्छ ।
हामी प्राय: गरी चट्टयाङलाई बेवास्ता गर्छौ तर यो पनि प्राकृतिक प्रकोप नै हो र रोगब्याध, बाढी, पहिरो, आगलागीभन्दा पनि मृत्युदर यही प्रकोपबाट नै धेरै भएको छ । २०११ देखि २०२० सम्मको (भूकम्पबाहेक) प्राकृतिक प्रकोपबाट भएको मृत्युदर (स्रोत : रोनाल्ड होल र नेपाल सरकार, गृह मन्त्रालय)
तथ्य र तथ्यांक
- चट्याङले वर्षेनि दर्जनौँ मानव र प्राणीहरूको ज्यान लिनुका साथै हजारौँलाई घाइते बनाइरहेको छ ।
- अमेरिकाका घना जङ्गलमा एकाएक आगलागी पनि चट्याङबाट नै हुने गर्दछ ।
- मौसम भविष्यवाणी सुन्ने आदत नगरेमा जो कोही पनि चट्याङको सिकार हुन सक्ने प्रबल सम्भावना बढ्दै गएको छ ।
- चट्याङका दुर्घटना मनिसहरू घरबाहिर हुँदा बढी मात्रामा हुने गरेको पाइएको छ । घरमा हुँदा घाइते हुने र उपचार हुन सक्ने प्रबल सम्भावना हुन्छ ।
बच्नलाई के गर्ने ?
- घरबाहिर हुनुहुन्छ र गड्याङ्गगुडुङ्ग आवाज सुन्नेबित्तिकै सुरक्षित पुर्वाधारको खोजी गर्नुहोस् ।
- रुखबाट टाढाको बार या खम्बामुनि घोप्टो पर्नुहोस्, सो ठाउँ बाढी आउँदा पनि सुरक्षित होस्, खोला या नदी किनार नहोस् ।
- जङ्गलभित्र हुनुहुन्छ भने ठूला रुखहरू होइन, साना रुखमुनिको ओत लाग्नोस् ।
- दुवै खुट्टा खुम्च्याएर दुई तिघ्राको बीचमा टाउको राख्नुहोस् र सकेसम्म जमिनमा टाँसिनुहोस् ।
- गहिरो खाडलमा नजानुहोला, पानी माथि होइन, पहरा र भिरमुनिको जग्गा होइन, ओभानो र समथर जमिन रोज्नुहोला ।
- पौडदै हुनुहुन्छ या डुङ्गामा हुनुहुन्छ भने जतिसक्यो छिटो सुरक्षित पूर्वाधार खोज्नुहोस् ।
घरभित्र नै हुनुहुन्छ भने के गर्ने, के नगर्ने ?
- बाथरुम प्रयोग नगर्नुहोस्, ननुहाउनुस् ।
- अत्यावश्यक नभए टेलिफोन प्रयोग नगरौँ, मोबाइल पनि ।
- बिजुलीका सम्पूर्ण प्लगहरू निकाल्नुहोस् ।
- टिभीका केबलहरू पनि टिभीबाट छुट्याउनुहोस् ।
- घर तथा पूर्वाधारहरूमा गुणस्तरीय सुरक्षा प्रणाली जडान गर्ने ।
चट्याङ सुरक्षा प्रणाली (लाइट्निङ प्रोटेक्सन सिस्टम) : चट्याङको शक्तिशाली बज्रले भवनहरूमा आगो सल्किन सक्छ, विद्युतीय उपकरणहरूमा क्षति पुर्याउन सक्छ र मानव र पशुधनलाई करेन्ट लाग्न सक्छ । सामान्यतया, चट्याङले छतमा रहेको धातुको वस्तुलाई, भवनमा सिधै प्रहार गरी, नजिकैको रूख वा संरचना मा ठक्कर दिएर भवनमा प्रवेश गर्छ र नजिकैको भवनमा हामफाल्छ वा बिजुलीको लाइन वा तारमा प्रहार गर्दछ । तपाईंले चट्याङ संरक्षण प्रणाली स्थापना गरेर आफ्नो पूर्वाधार वा संरचनाहरू सुरक्षित गर्न सक्नुहुन्छ । प्राकृतिक प्रकोप भनेको जहिले पनि नियन्त्रण बाहिर नै हुन्छन । कुनै पनि उपकरणले १०० प्रतिशत सुरक्षा ग्यारेन्टी दिन सक्दैनन् । सबैभन्दा राम्रो नीति भनेको सावधानी अपनाउनु हो ।
सर्ज प्रोटस्क्सन डिभाइस (एस.पि.डी.) : आफ्नो घर तथा पूर्वाधारहरूमा विद्युत्को भोल्टेज घटबढ हुँदा सन्तुलन गर्ने उपकरणहरू जडान गर्नुपर्दछ ताकि अन्य विद्युतीय उपकरणहरूमा क्षति नपुगोस् । नेपालभरिका हरेक आवास गृह, व्यापारिक भवन, कलकारखाना र पूर्वाधारहरूमा सुरक्षा उपकरणहरू अनिवार्य प्रयोग र नियमित अनुगमन अत्यावश्यक छ ।
अर्को पाटो
आज विश्वभर विद्युत् संकटको चर्चा छ र धेरै आविष्कारका प्रयास र आविष्कारहरू भएका छन् तर तिनीहरूको भविष्य ऊर्जा स्रोतहरूको उपलब्धता नहुनुको साधारण तथ्यका कारण नवप्रवर्तनहरू खतरामा परेका छन् । तर हाम्रो व्यक्तिगत दृष्टिकोण कुरा यो हो कि प्रकृतिले हामीलाई प्रशस्त मात्रामा विकल्पहरू प्रदान गर्दछ र हामी तिनीहरूलाई प्रयोग गर्दैनौं । मानव जातिले कम प्रयोग गरेको एउटा यस्तो व्यावहारिक विकल्प हो बिजुलीको शक्ति ।
सन् १९८० को दशकको उत्तरार्धदेखि, चट्याङबाट ऊर्जा सङ्कलन गर्ने सम्भावनाको खोजी गर्न धेरै प्रयास भएका छन् । जबकि बिजुलीको एक चट्याङको प्रहारले ठूलो मात्रामा ऊर्जा बोक्छ (लगभग ५ बिलियन जुल वा लगभग १४५ लिटर पेट्रोलमा भण्डारण गरिएको ऊर्जा), र चट्याङको बज्रमा अधिक मात्रामा ऊर्जा हुने गर्छ आँकडा नै भन्नुपर्दा १० हजार एम्पेयर देखि २० हजारसम्म हुने गर्छ र त्यस्तै तापक्रम पनि भयानक हुने गर्दछ ।
उच्च तापक्रमको चर्चा गर्नुपर्दा ५५ हजार फरेनहाइटसम्म हुने गर्छ जुन सूर्यको सतहको ५ गुणा हो । छोटो अवधिमा (मिलिसेकेन्ड); अत्यधिक उच्च विद्युत् शक्ति पैदा गर्दछ । प्रसिद्ध वैज्ञानिक निकोलस टेस्लाले चट्याङसम्बन्धी खोज गरेका थिए र उनको खोजले भन्छ कि चट्याङमा रहेको ऊर्जालाई पानीबाट हाइड्रोजन उत्पादन गर्न वा द्रुत रूपमा तात्ने ऊर्जाको रुपमा प्रयोग गरिन्छ । विगतका केही दिनदेखि काठमाडाँै विश्वविद्यालयले हाइड्रोजन उत्पादनमा खोजी र अनुसन्धान गरिरहेको छ भन्ने खबर सुन्न र देख्न पाइन्छ । अहिले विश्व सस्तो र हलुका ऊर्जा सञ्चय गर्न सकिने उपकरण आविष्कारको खोजीमा लागिरहेको अवस्थामा हाम्रा विद्यार्थीहरूका लागि पनि खोज र अनुसन्धानको विषय हुनसक्छ । हजारौँ माइलको यात्रा पनि एक पाइलाबाट नै सुरु हुने हो । नेपालका सबै विश्वविद्यालयहरूले यस्ता विषयहरूलाई खोज र अनुसन्धानको विषय बनाओस् र नेपालले पनि पहिचान बनाउन सकोस् ।
अन्त्यमा, नेपालजस्तो मुलुकले चट्याङबाट उत्पादित ऊर्जालाई कैद गरी हाइड्रोजन उत्पादन गर्ने सोचलाई खराब सपना हुन सक्ला तर भोलि कुनै मुलुकका वैज्ञानिकले यो प्रमाणित गरेमा नौलो मानिरहनु पर्दैन । पञ्चतत्व (आकाशबाहेक), पृथ्वी, वाय, जल, अग्नि सबै ऊर्जा हुन् । चट्याङलाई ऊर्जामा रूपान्तरण गर्न सकियो भने आकाश पनि ऊर्जाको स्रोत बन्न सक्छ, बन्नुपर्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया