विचार

शब्द गणितमा मातातीर्थ औँसी र कुशे औँसी

नारायण घिमिरे |
भदौ १४, २०७९ मंगलबार १२:२४ बजे

वेद र विज्ञान बुझ्न वेद आधारित रहेको शब्द गणित बुझ्न जरुरी छ । तपाईंले लेख्ने ०, १, २, ३, ...... ९ अङ्क मात्र गणित नभएर अ, आ .... अं, अ:, क, ख,................................... क्ष, त्र, ज्ञ । सबै नै गणितका अक्षर हुन् भन्‍ने बुझ्न जरुरी छ । विज्ञानमा ए बाट एपल वा स्याउ बाट सुरु हुने दर्शन जेड अर्थात् जेब्रामा पुगेर सकिन्छ । ए भनेको एलोन अर्थात् एक्लो पन समेत हुन्छ । जेड बाट जिरो अर्थात् शून्य समेत हुन्छ । निक्खर काल रात्रिको एक्लो पन बाट शून्यता सम्म तपाई लाई विज्ञानले ल्याउन सक्ला । त्यस पछाडिको यात्राको लागि तपाईंलाई वैदिक दर्शनको जरुरी हुन्छ ।  

वैदिक शब्द गणितमा भने अ अर्थात् अज्ञानबाट ज्ञ अर्थात् ज्ञान सम्मको यात्रा तय हुने गर्दछ । तपाईं लाई तपाईंको जीवनमा अ  बाट ज्ञ सम्मको यात्राको मार्गमा लैजाने तपाईंका जीवनका सम्पूर्ण पात्र तपाईंको पिता सरह हुन् । त्यसैले हामी कुशे औँसी वा पिताको गुनको स्मरण गर्न आजको दिन रोज्‍ने गर्दछौ ।
 
तपाईं अ अर्थात् अज्ञान बाट ज्ञ अर्थात् ज्ञान सम्मको यात्रा पुरा गर्दा सम्म यथार्थमा शून्य र एक बिचमा कति वटा अङ्क हुन्छ भन्‍ने सम्म पत्ता लगाउने कुशलता प्राप्ति गरीसक्नु भएको हुन्‍न ।   


जस्तै तलको उदाहरणहरू हेर्नुहोस्
एक लाई एघारले भाग गर्नुस् 
१/११ =०.०९०९०९०९०९०९०९ …

नौले भाग गर्नुस् 
 १/९  =०.१ १ १ १ १ १ १ १ १ १ १ १ १ १ १ …

एकसयएकले भाग गर्दा 
१/१०१ = ०.००९९००९९००९९००९९ …

उनान्सयले भाग गर्दा 
१/९९  = ०.०१०१०१०१०१०१०१०१ …

एक हजार एकले भाग गर्दा 
१/१ ००१ =०.०००९ ९ ९ ०००९ ९ ९ ०००९ ९ ९ …

नौसय उनान्सयले भाग गर्दा 
१/९९९ =०.००१००१००१००१००१००१ ..

यसरी हेर्दा जिरो र एक बिच कति वटा सङ्ख्या हुन्छ भन्‍ने प्रश्नको उत्तर हो अनन्त अर्थात् इन्फिनिटी ।  जिरो र  इन्फिनिटी दुवै मानक वैदिक ज्ञान बाट विज्ञानले सापट लिएर काम चलाएको हो । 

तपाई जति सुकै अध्ययन गर्नुस् वा घोत्लिनु तपाईं सँग ब्रह्माण्ड र जीवनको बारे सीमित ज्ञान मात्र भएको पाउनु हुनेछ । मात्र  शून्य र एक बिचमा कति वटा अङ्क हुन्छ भन्‍ने सम्म पत्ता लगाउने कुशलता तपाईंमा विकास हुने छैन ।  यसको अर्थ हो  सैद्धान्तिक वैज्ञानिक ज्ञान भन्दा विशाल व्यवहारिक वैदिक ज्ञान रहेको छ । व्यवहारिक वैदिक ज्ञानले तपाईं लाई अर्कै अनन्त: को अस्तित्व रहेको तर्फ संकेत गर्छ । 

उक्त अनन्त गणित र सिद्धान्त बाट हैन अनुभूतिले महसुस गराउने गर्दछ । जब तपाईं यसमा विश्वास गर्नु हुन्छ तब मात्र आत्मा ज्ञानको प्रसङ्ग सान्दर्भिक हुन्छ । तर के आत्मा ज्ञान तपाईंको जीवनको सम्पूर्ण यथार्थ हो त ? यसको समेत गणितीय रूपमा बुझ्न सम्भव छ ।  

यो कुरालाई केही समय थाती राखेर एक छिन लाई अरू दुई वटा गणितले बताउने शून्य र एक बिचका केही अचम्मका समीकरण हेरौँ । 
जब तपाईं गुगल सर्च गरी एक लाई (१० पावर १००+१) ले भाग गर्नु हुन्छ नतिजा यस्तो देखिन्छ:
  
१ /(१ ०^१०० + १ ) = ०.००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९  ९ ९ ९ ९ ९ …

त्यस्तै जब तपाईं गुगल सर्च गरी एक लाई (१० पावर १००-१) ले भाग गर्नु हुन्छ नतिजा यस्तो देखिन्छ:

१ /(१ ०^१०० - १ ) = ०.००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००१  ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००१  ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००१  …

सकारात्मकता जोडिएको प्लस एक र नकारात्मकता जोडिएको माइनस एक मात्र जोड्दा पछि आउने भागको नतिजा गणितीज्ञ हरूको लागि चासो वर्द्धक हुन सक्दछ । वैदिक परम्परामा गणितको यो विशालता लाई सहजीकरण गरी व्यावहारिक बनाउनको लागि अक्षरहरूको विकास गरी प्रयोगमा आएको हो । 

त्यसैले अक्षर हरू मिलेर बन्‍ने शब्द समेत लाई एक अनुशासित तवरले विभिन्‍न अर्थ दिने गरी व्याख्या गर्न मिल्ने र उच्चारण समेत गर्न सम्भव हुन पुग्यो । यही अनुशासनमा बाँधिएको शब्द युक्त भाषा रहेकोले संस्कृत मोर्डन कम्प्युटर ईराको कम्प्युटर कोडिङको  उत्कृष्ट विकल्प मद्येको एक भाषा हुन सक्यो । 

अ, आ .... अं , अ:, क, ख,................................... क्ष, त्र, ज्ञ आदिमा समेटिएको अक्षर हरूमा अ  र आ बिचमा अनन्त: को ग्याप रहने गर्दछ । हरेक अक्षरको हकमा यो नियम लागु हुन्छ । त्यो शब्द गणितको यथार्थता हो ।  चुरो यथार्थ के हो भने अ र आ  दुवै अनन्त छन् । अ आफै आ भन्दा ठुलो अनन्त हो । सबै अनन्त भएता पनि अक्षर हरूमा सबै भन्दा सानो अनन्त ज्ञ हो । 

ज्ञ अर्थात्  ज्ञानले ठुलो अनन्त अ अर्थात् अज्ञान बाट हाम्रो ग्रहण क्षमता अनुरूपको ज्ञ अर्थात् ज्ञानको यात्रा सम्म हामीलाई पुर्‍याउने गर्दछ ।  ग्रहण क्षमता अनुरूपको ज्ञ अर्थात् ज्ञानको यात्रा पुरा गर्दा सम्म हामीमा अनन्त: अज्ञानता कायम नै रहन्छ । जसलाई जब हामी आत्मा ज्ञान मार्फत महसुस गर्दछौ त्यसैलाई हामी मुक्ति प्राप्तिको बिन्दु मान्दछौ । जहाँ भनिएका यी सूचनाहरू  थाहा हुनुको कुनै अर्थ हुँदैन । अन्तर आत्मा बाट अनुभूतिको र स्वीकार्यताको जरुरत पर्दछ । 

अन्तर्मनको यसै यात्रा बिच एक बिन्दुमा हामी आफूले आफूलाई आफू हुनुमा धन्य महसुस गर्न पुग्दछौ । लोभ, मोह, अहङ्कार र शारीरिक सुख जस्ता विषयहरू आपसे आफ गौण रहेको अनुभूति गर्न थाल्दछौ । त्यसलाई ब्लिस अर्थात् चरम आनन्दको बिन्दु भनिन्छ ।

ब्लिस अर्थात् चरम आनन्दको बिन्दुमा मानिस आफूमा जे छ त्यसैमा पूर्ण सन्तुष्ट रहने क्षमता र प्रवृत्तिको विकास भएको हुन्छ ।  उक्त बिन्दु पार गरी आफ्नो जीवन यापन गरेको मानिसले आध्यात्मिक जीवन बिताइरहेको भनिन्छ । 

मातातिर्थ औँसीमा आमाको मुख हेर्ने र कुशे औँसीमा पिताको मुख हेर्ने वैदिक चलनको मूल सार आफ्ना माता पिता लाई आफूलाई अ अर्थात् अज्ञान बाट ज्ञ अर्थात् ज्ञान सम्मको यात्रा पुरा गर्न तपाईंहरूको सहयोग पाएकोले मैले आत्मा ज्ञान प्राप्त गरी आध्यात्मिक जीवन जिउने अवसर मलाइ मिल्यो भनी धन्य हुन् वहाँहरूको दर्शन गर्ने दिन हो । जसले आध्यात्मिक जीवनमा जीवन भर रमाउन आफूलाई प्रेरित गर्ने गर्दछ । हामी आफूले आफ्नो जीवनमा आफूलाई जिउँदै अनन्त: स्वर्गको अनुभूति दिलाउन सक्षम हुन्छौ ।


Author

नारायण घिमिरे

घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन् ।


थप समाचार
x