विचार

म धेरै ठूलो कम्युनिस्ट हुँ किनभने म आध्यात्मिक हुँ

विज्ञान राज |
कात्तिक १३, २०७८ ६:५९ बजे

ओशोको जन्म १९३१ डिसेम्बर ११ मा भएको हो । उनी आफ्नो समयका सबैभन्दा चर्चित दार्शनिक हुन् । त्योभन्दा पनि उनी सबैभन्दा ठूला पाठक ठहरिन्छन् यसर्थमा कि उनले आफ्नो जीवनकालभरि एक लाखभन्दा बढी पुस्तक पढेका थिए । र उनले भन्‍न बाँकी एकदमै कम विषय रहे अर्थात् उनले सम्पूर्ण विषयमा बोलेका छन् ।

उनी विश्वभर जहाँ जहाँ गए त्यहाँ त्यहाँ पूर्वीय दर्शनबारे व्यापक प्रचार गरे । र उनका केही विचार यस्ता थिए जसले पूरै विश्वचकित थियो । उनका त्यस्ता केही क्रान्तिकारी तर व्यावहारिक विचार वा सोच नपचाएर केही देश मूलत: पश्चिमा देशले उनको दार्शनिक पाटोमाथि बाधा खडा गरेर, विभिन्‍न अभियोग, आरोप, चौतर्फी आलोचना गरेर देशनिकाला गरे ।


१९९० जनवरी १९ मा उनको निधन भयो । तर जसै गरे पनि उनको विचार वा दर्शन मरेन । आज संसारभर सबैभन्दा धेरै पढिने दार्शनिक उनै हुन् । उनले दिएका प्रवचन हुबहु सारेर पुस्तक निकालिएका छन् । तीनैमध्येको एक पुस्तक ‘कम्युनिजम एन्ड जिन फाइर, जीन वाइन्ड’भित्र समावेश गरिएको एउटा महत्वपूर्ण प्रवचन विज्ञान राजको अनुवादमा प्रस्तुत छ :                                  

मित्रहरू,
आज यहाँ सोभियत कमरेडहरूको एउटा समूह उपस्थित छ । तिनीहरूसँग केही सुन्दर र सरल प्रश्नहरू छन् । म तिनीहरूलाई उत्तर दिन गइरहेको छु ।

पहिलो प्रश्न :
गोर्बाचेभलाई भनेर तपाईंले एउटा पुस्तक समर्पित गर्नुभएको छ । अझै पनि तपाईं राजनितिज्ञको विरुद्धमा हुनुहुन्छ, के यो विरोधाभास भएन ?
गोर्बाचोभ राजनीतिज्ञ होइनन् । उनका प्रत्येक कार्यहरूले के प्रमाणित गर्छ भने उनी राजनीतिमा लागेका मानिस हुन् तर उनी राजनीतिज्ञ होइनन् । गोर्बाचोभलाई (र वैज्ञानिक सखार्भलाई) मेरो समर्पण यही सानो कारणले हो कि उनी राजनीतिज्ञ होइनन् । उनी संसारमा शान्ति कायम राख्न अत्यन्तै इच्छुक छन् । उनी संसारमा मित्रताका लागि छन् न कि युद्धका लागि ।

राजनीतिज्ञको मन जहिल्यै युद्धसँग सम्बन्धित हुन्छ । एडल्फ हिटलरले आफ्नो आत्मकथा ‘मेरो संघर्ष’मा यदि राजनीतिज्ञले राजनीतिमा रहिरहन चाहने हो भने उसले आफ्नो शत्रु बनाइरहनुपर्ने हुन्छ भनेर भनेको छ । यदि त्यहाँ वास्तविक शत्रुहरू छैनन् भने, कल्पना गर कि कोही तिमीलाई आक्रमण गर्न गइरहेको छ, कि तिमी शत्रुहरूबाट घेरिएका छौ । अनि यसले मात्र तिमीलाई सत्तामा राख्छ । (तर यसले तिमीलाई कहिले पनि शान्तिमा राख्दैन ।)

र यो यथार्थ कुरो हो थाहा पाउन; तिम्रो सम्पूर्ण इतिहास नायकहरूले भरिएको छ जो केही थिएनन् तर युद्ध पिपासुहरू थिए । जसले लाखौँ मान्छेहरूको नरसंहार गरेका थिए । तिम्रो इतिहासले एउटा पनि त्यस्तो नाम समेटेको छैन जसले शान्ति कायम राखेको थियो ।

मैले आफ्नो पुस्तक गहिरो प्रेमका साथ गोर्बाचेभ र सखार्भलाई सर्मपित गरेको छु किनभने तिनीहरू विश्व शान्तिका लागि काम गरिरहेका छन् । यो एक राजनीतिज्ञको तरिका होइन, यो एक मानवीय तरिका हो । त्यो एक तरिका हो जसले मानवतालाई प्रेम गर्छ, जसले यो सुन्दर ग्रहलाई प्रेम गर्छ, र जसरी पनि यसलाई बचाउन चाहन्छ । र म जे भनिरहेको छु, उनका कामहरूले प्रमाणित गरेका छन् । 

दोस्रो प्रश्न
एकचोटि तपाईंले भाषणमा के भन्‍नुभएको थियो भने लेनिन विवाहको विरुद्धमा छन् र परिवारलाई भत्काउन चाहन्छन् । तर यथार्थमा त लेनिनले परिवार न्युक्लियस हो भन्दै जहिल्यै एङ्गेल्सलाई पछ्याएको देखिन्छ । 

न्युक्लियस केको ? पुँजीवादी समाजको न्युक्लियस !
आफ्नो आर्थिक संरचनाको विश्लेषणमा मार्क्स र एङ्गेल्स दुवै यसबारेमा एकदमै स्पष्ट छन्; परिवार निजी सम्पत्तिसहित अस्तित्व आउँछ । निजी सम्पत्तिभन्दा पहिले परिवार थिएन; त्यसैले तर्कसहित यसले यो पछ्याउँछ कि यदि निजी सम्पत्ति भङ्ग भयो भने, विवाह स्वत: भङ्ग हुन्छ । यो तार्किक निष्कर्ष हो; लेनिन यसमा सहमत हुन वा नहुन, यसले केही अर्थ राख्दैन । म कसैको पनि वास्ता गर्दिनँ; म आफ्नो बुद्धिको मात्र वास्ता गर्छु । यो प्रश्न नै होइन कि एङ्गेल्स आफैँमा खण्डन गर्छन् । 

परिवार संगठित धर्महरूको न्युक्लियस भएको छ; सामन्ती र पुँजीपति समाजको न्युक्लियस भएको छ; शोषण र युद्धको न्युक्लियस भएको छ । त्यो न्युक्लियस पूर्ण रूपमा ध्वस्तै पार्न पर्छ । परिवार नमरीकन तिमीसँग वास्तविक मानवता हुँदैन ।

मैले भनेको छैन कि लेनिन विवाहको विरुद्धमा थिएँ । मैले मात्र भनेको छु कि यो मार्क्स र एङ्गेसद्वारा गरिएको समाजको विश्लेषणबाट आएको तार्किक निष्कर्ष हो । तिनीहरूले भने कि परिवार निजी सम्पत्तिसहित अस्तित्वमा आउँछ । त्यो किन निजी सम्पत्तिसहित अस्तित्वमा आउँछ ? किनभने प्रत्येक बाबु चाहन्छ कि आफ्नो सम्पूर्ण सम्पत्ति आफ्नो छोराले पाओस् । त्यसैले उसले आफ्नो पत्नीको कुरुवा बस्नुपर्ने हुन्छ जसकारण उसकी पत्नी अरु कसैबाट पनि गर्भवती नहोस् । 

परिवार महिलाका निम्ति जेल बनेको छ, जसकारणले बच्चा सोझै बाबुको छोरो हुन जान्छ । बाबुसँग अरु प्रमाण हुँदैन; आमालाई मात्र थाहा हुन्छ, यो बच्चाको बाबुको हो । त्यसैले आमालाई पूर्णतया समाजबाट टाढा राख : न शिक्षा, न आर्थिक स्वतन्त्रता, न आर्थिक हैसियत । मोहमिदनको देशमा आमाले आफ्नो अनुहार पनि देखाउन पाउँदिन । महिलालाई पूर्णरूपमा जेलमा राख- यो एक मात्र सुरक्षा छ तिमीसँग तिम्रो छोरो तिम्रै छोरो हुनलाई, र सम्पूर्ण सम्पत्ति जो तिमीले जम्मा गरेका छौ त्यो तिम्रो छोराले विनाझन्झट पाउनलाई ।

तर कम्युनिस्ट देशमा, जब सम्पत्ति निजी हुँदैन, त्यहाँ सुरक्षाका लागि कुनै परिवारको खाँचो हुँदैन । त्यो सम्पत्ति सबैको साझा हुन जान्छ । तब किन चिन्ता लिने कि ‘मेरो छोरो मेरै हुनुपर्‍यो ।’ मैले भनेकै थिएँ यो नै तार्किक निष्कर्ष हो ।

मैले सम्पूर्ण कम्युनिस्ट साहित्यहरू पढेको छु जो मार्क्स, एङ्गेस, लेनिन, स्टालिनबाट प्रकाशित भएका छन र मैले ती सम्पूर्ण साहित्यहरू पनि पढेको छु जो साम्यवादको विरुद्धमा प्रकाशित भएका छन । सोभियत कमरेडहरूले मेरो पुस्तकालय हेरुन् भन्‍ने चाहन्छु र तिनीहरूले त्यहाँ सम्पूर्ण कम्युनिस्ट साहित्यहरू र गैरकम्युनिस्ट साहित्यहरू भेटाउने छन् ।  

यो मेरो बुझाइ हो कि कम्युनिस्ट समाजमा विवाह जीवित रहन सक्दैन । कम्युनले विवाहको ठाउँ लिनेछ । र मैले कहीँ पढेको छु । किनभने विगत पन्ध्र वर्षदेखि म केही पढिरहेको छैन खासमा । मैले केही पढेको छु कि १९१७ मा जब रुसमा क्रान्ति भएको थियो, सुरुवातमा तिनीहरूले विवाहलाई भत्काउन, परिवारलाई भत्काउन तीन, चार, अथवा पाँच वर्ष कोसिस गरे तर तिनीहरूले थाहा पाए कि यो निकै कठिन छ ।

यो सबैभन्दा पुरानो संस्थाहरूमध्ये एक हो । भावनात्मक रूपमा, वैचारिक रूपमा, मनोवैज्ञानिक रूपमा यसलाई भत्काउन निकै कठिन छ । एकदमै कठिन छ कि निजी स्वामित्वसहितको सम्पत्तिलाई भत्काउन र त्यसलाई सामुदायिक बनाउन-स्टालिनलाई कम्तीमा एक मिलियन मान्छेहरू मार्नुपरेको थियो वर्गरहित समाज निर्माण गर्न । 

सम्पूर्ण विश्व रुसको विरुद्धमा थियो, जब ऊ आफ्नो क्रान्तिमा गइरहेको थियो । सम्पूर्ण विश्व साम्यवादलाई बर्बाद पार्न चाहन्थ्यो । यदि साम्यवाद सफल भयो भने अन्य राष्ट्रहरूका निम्ति खतरा साबित हुनसक्थ्यो; किनभने ती राष्ट्रहरूमा गरिबहरू बढ्दै गइरहेका थिए र बराबर समानताका लागि आवाज उठाइरहेका थिए । 

तर तिनीहरूले परिवारलाई भत्काउन सकेनन । तर मेरो बुझाइ यो छ कि तिनीहरूले परिवारलाई भत्काएनन् किनभने तिनीहरूले खुद मार्क्स र एङ्गेसलाई छल गरेका छन् । सोभियत युनियन अर्को वर्ग समाज हुन पुग्यो : नोकरशाहहरू एउटा वर्ग र गैरनोकरशाहहरू, जनताहरू अर्को वर्ग भएको । नोकरशाहहरू जो कम्युनिस्टहरू हुन्, तिनीहरूले पुँजीवादलाई विस्थापित गरे ।

सोभियत संघ अहिले पनि वर्गविहीन छैन; यसले नयाँ वर्ग घर्षण पैदा गरिदिएको छ । जसकारणले अचेल परिवार साम्यवादको न्युक्लियस भइसकेको छ, जो विरोधाभाष हो । म आफ्नै बुद्धि पछ्याउँछु र मेरो निष्कर्ष कसैसँग सम्झौतामा जानु पर्दैन । तर कोही बौद्धिक छ भने काफी छ उसलाई वास्तविक समस्या हेर्न र बुझ्न । 

तेस्रो प्रश्न :
यदि तपाईं सोभियत संघमा जानुभयो भने तपाईं के गर्नुहुन्छ ? 
क्रान्ति !

निकै समय भइसक्यो सोभियत संघले क्रान्ति देखेको । पक्का, मेरो क्रान्ति आध्यात्मिक हुनेछ । म चाहन्छु, सोभियत संघले आफ्नो प्रतिष्ठामा केही थपोस्: त्यो हो ध्यान । आर्थिक समनताले मात्र काफी हुँदैन- आध्यात्मिक समानता पनि आवश्यक हुन्छ ।

म चाहन्छु सोभियत संघ धनी बनोस्- भौतिक रूपमा मात्र धनी होइन, चेतनामा, ज्योतिमा पनि धनी बनोस् । म चाहन्छु, सोभियत संघसँग जागा मान्छेहरू जस्तै गौतम बुद्ध, लाओ त्जु अथवा छुङ्ग त्जु पनि हुन् । 
म सोभियत संघलाई जिनसँग परिचय गराउन चाहन्छु । त्यो नै मेरो क्रान्ति हो ।

युरोपको एक जना चर्चित आध्यात्मिक र चर्चित तान्त्रिक जादुगर फान्सिस इज्राइल रिगार्दीले आफ्नो देहान्त अघि भनेछ : ‘पुनर्जन्मको सवालमा यदि मैले कुन रूपमा फर्किने भनेर रोज्न पाएको भए, रोज्ने थिएँ कि म रजनीश नहुन्जेल ठूलो कार्य गरिरहन चाहन्छु ।’ 

आज मात्र मैले उसको पुस्तक पाएँ र मैले विश्वास नै गर्न सकिनँ कि कुन तरिकाको आध्यात्मिक हो यो साथी फ्रान्सिस इज्राइल रिगार्दी ।

आध्यात्मिक मान्छेले, सुरुमै थाहा पाएको हुन्छ कि ऊ पुन: जन्मिन गइरहेको छैन । यदि ऊ यो बिन्दुमा आउँदैन भने, उसलाई कुनै अधिकार छैन आफूलाई आध्यात्मिक भन्‍न । जो मान्छेले आफ्नो अध्यात्म थाहा पाएको हुन्छ, कुनै प्रकारको पुनर्जन्ममा पनि उसलाई कुनै वस्तुमा फर्किन आवश्यक हुँदैन । वस्तुमा कैद यो बिन्दुसम्म मात्र हुन्छ, जब तिमी बुद्ध बन्छौ । जब तिमी बुद्ध बन्छौ, तिमीले ती सब पढ्छौ जो जिन्दगीले तिमीलाई पढाउँछौ र तिमीले बाहिरी संसार मात्र पढदैनौ, भित्री संसार पनि पढ्छौ । अनि त्यहाँ केही पनि बाँकी रहँदैन । 

गौतम बुद्धलाई के भयो ? उनी सजिलै युनिभर्सल जीवनमा, बाहिरीया जीवनमा बिलाए । उनी कुनै वस्तुमा पनि फेरि फर्केर पृथ्वीमा आएनन् । यो फ्रान्सिस इज्राइल रिगार्दी भन्‍ने मान्छेलाई अध्यात्मबारे केही पनि थाहा छैन । तर पश्चिममा मान्छेहरूलाई बेवकुफ बनाउन धेरै सजिलो छ किनभने तिनीहरू भित्री संसारको बारेमा केही पनि बुझ्दैनन् । त्यसैले जो सुकै गधाले तन्त्रमन्त्र, रहस्य र अध्यात्म जस्ता ठूलाठूला शब्दहरूद्वारा, जसलाई नभोगीकनै, मान्छेहरूलाई धोका दिन सक्छ । 

किनभने यो मान्छे वास्तवमै अध्यात्मिक हो भने, उसले पुनर्जन्मको कुरो नगर्नु पथ्र्यो । तर ऊसँग अवस्था पनि छ : ‘म निरन्तर काम गर्न चाहन्छु जब म रजनीश बन्दिनँ ।’ म जीवित छु, ऊ पनि जीवित छ, ऊ यहाँ आउनु पर्यो । यहाँ आउन साहस र आँट नभएर ऊ सोचिरहेको छ कि मृत्युपश्चात् रजनीश बन्‍ने भनेर- यदि त्यहाँ पुनर्जन्म भए । यो त अत्ति भो !

उसले यहाँ आउन पर्यो । दिनदिनै निरन्तर हजारौँ मान्छेहरू आउँछन जान्छन् । र म कुनै नेता होइन र म पूजारी होइन र म कुनै दर्शन वा डक्टराइन पढाइरहेको छैन ।  म सामान्यतय उनीहरूलाई आफूभित्र पस्न सघाइरहेको छु- कसरी आफ्नो आँखा भित्रतिर घुमाउने जसकारण तिमी आफैँलाई देख्न सक । एकबार तिमीले देख्यौ भने, तिमी बुद्ध हौ । 

तब त्यहाँ जन्म छैन, मृत्यु छैन । तिमी जन्ममृत्युको वृत्तभन्दा पर जान्छौ । म मेरा सोभियत साथीहरूलाई मात्र अध्यात्म, मात्र धर्मरहित पढाउन चाहन्छु । 

सोभियत संघमा पहिले नै मसँग भूमिगत करिब तीन सय सन्यासी छन् । किनभने म अमेरिकामा थिएँ, सोचेको रहेछ कि म अमेरिकन एजेन्ट हुँ । सोभियत संघमा तिनीहरूले मेरा मान्छेहरूलाई सताएका रहेछन्; तिनीहरूले मेरा पुस्तक जलाएछन्; तिनीहरूले सबै पुस्तक जफत गरेछन्, र मेरा मान्छेहरू भूमिगत भेट्न थालेछन्, हातले लेख्न र छाप्‍न थालेछन् । 

तर जहाँसम्म अध्यात्मको सवाल छ, सबैजना बुद्ध समान छन् । त्यो नै वास्तविक कम्युनिस्ट हो - गहिराइ, उचाइ, धेरै आधिकारिक ।

मेरा कमरेडहरूमार्फत म चाहन्छु, मेरा मान्छेहरूलाई सहयोग गर्न । म साम्यवादको विरुद्धमा छैन । तपाईंहरूले थाहा पाएको भन्दा म धेरै ठूलो कम्युनिस्ट हुँ किनभने म आध्यात्मिक कम्युनिस्ट हुँ । मार्क्स र एङ्गेल्सहरूको मिति गुज्रिसक्यो । सोभियत संघलाई बिल्कुलै नयाँ क्रान्तिको खाँचो छ, आध्यात्मिक क्रान्तिको । र मेरो विचारमा गोर्बाचेभले सोभियत संघको ढोका खोल्ने नाममा पुराना पूजारीहरूलाई अनुमति दिएर गलत गरिरहेका छन् । सायद उनले यी पुराना पूजारीहरूलाई बुझेनन् । उनीहरू सीमित समाजमा पर्छन्; तिनीहरू सामन्ती समाजमा पर्छन् । तिनीहरू कम्युनिस्ट समाजमा पर्दैनन् । 

रुसको ढोका खोल्नु सुन्दर हो । विज्ञानका लागि ढोका खोल्नु, कलाका लागि ढोका खोल्नु, ध्यानका लागि ढोका खोल्नु । तर यसको मतलब यो होइन कि हरेक रोगको निम्ति ढोका खोल्नुपर्छ । इसाइकरण रोग हो र यदि तपाईंले यसका निम्ति ढोका खोल्नुभयो भने तपाईं मार्क्सको विरुद्धमा जानु हुनेछ, तपाईं साम्यवादको विरुद्धमा जानु हुनेछ । तिनीहरू ती मान्छेहरू हुन् जो पुँजीवादका वास्तविक एजेन्ट हुन् । तिनीहरू जुनसुकै क्रान्तिका विरुद्धमा हुन्छन् । 

तपाईं यसलाई भारतमा हेर्नसक्नु हुन्छ । भारतमा, पाँच हजार वर्षसम्म, इतिहासले जहाँसम्म भन्छ, भारत पाँच हजार वर्षभन्दा पनि प्राचीन हो तर पाँच वर्षसम्म हामीले कुनै पनि सामाजिक संरचनाविरुद्धको क्रान्तिबारे थाहा नै पाएनाँै । र भारत एकदमै गरिब देश हो तर गरिबलाई हरबार अफिम दिइयो कि ‘तिमी गरिब छौ किनकि तिम्रो विगतको खराब कार्यहरूले । पुँजीपति मान्छेहरूसँग केही गर्नु छैन; तिनीहरूसँग पैसा छ किनभने तिनीहरूले विगतमा धेरै राम्रा कार्य गरेका थिए ।’

अब के तपाईं भारतबाट शंकराचार्यहरूलाई सोभियत संघमा ल्याउन चाहनुहुन्छ ? तिनीहरू पुनर्जन्मबारे पढाउँछन्, तिनीहरू सिकाउँछन् कि ‘तिमी गरिब छौ किनकि तिम्रो विगतका खराब कार्यहरूले । र पुँजीपति पुँजीपति छ किनकि उसले विगतमा राम्रा कार्यहरू गरेको थियो, यो ईश्वरको उपहार हो ।’

मेरो तर्फबाट गोर्बाचेभलाई भनिदिनु : सबलाई अनुमति दिनु तर इसाई सम्प्रदायलाई फेरि कहिल्यै अनुमति नदिनु ! इसाई सम्प्रदायले सोभियत संघमा समलिङ्गी ल्याउनेछ, यसले गुदामैथुन ल्याउनेछ, यसले रुखोपना ल्याउनेछ, यसले एड्स ल्याउने छ । के तपाईं यी सबका लागि ढोका खोलिरहनु भएको छ ? 

सावधान र सचेत रहनु । संसारका विरुद्धमा कम्युनिस्ट पार्टीलाई बचाउन सत्तरी वर्ष लागेको हो । कुनै जोखिम नलाग्नुहोस् । ढोका खोल्नु राम्रो हो तर कुर्नुहोस कि कतैबाट पनि पोप द पलक छिर्न नपाओस्, अनि रुसमा इसाई सम्प्रदायसँग पुनरुद्धार छैन । 

साम्यवाद जीनसँग सुख हुन्छ किनभने जीनसँग केही छैन तपाईंको सामाजिक संरचनासित गर्नलाई  । जीनसँग केही छैन तपाईंको गरिबीसित र धनीसित गर्नलाई । जीनसँग केही छैन तपाईंको बाहिरी संसारसित गर्नलाई । जीन अन्तर्मनलाई खोज्ने विज्ञान हो । जीन मास्टरलाई आमन्त्रित गर्नुहोस्, जीन जादुमयीलाई आमन्त्रित गर्नुहोस्; त्यो स्वास्थ्य र सम्पूर्णतालाई आमन्त्रित गरिरहेको हुनेछ । 

जो मान्छे शरीरमा मात्र विश्वास गर्छ त्यो आधा हो र जो मान्छे आत्मालाई मात्र विश्वास गर्छ त्यो पनि आधा हो । म गौतम बुद्धलाई पनि आधा भनेर बोलाउँछु किनकि उनले शरीरलाई इन्कार गरे, शरीरलाई त्यागे । म वास्तवमै गौतम बुद्धको पक्षमा छैन - खाली पचास प्रतिशत मात्र छु । र यो मेरो परिस्थिति हो काल मार्क्ससँग पनि : म पचास प्रतिशतसम्म मात्र सहमत छु । उनको शरीरको स्वीकार्य ठीक छ तर उनको आत्माको इन्कार गलत छ । 

बुद्ध र मार्क्सले हात मिलाउनु पर्छ - त्यो मेरो क्रान्ति हो । मार्क्स र बुद्ध दुवैलाई एकसाथ, हातमा हात मिलाएर, सोभियत संघमा नाच्दै ल्याउनुहोस् । यदि तपाईंले बुद्ध र मार्क्सलाई फेला पार्नु भएन भने - किनभने दुवै मरिसके - तपाईंले वरपर देखेका म मेरा करिब दश हजार बुद्धहरू ल्याउँछु ! ती मानिसहरूले सम्पूर्ण जीवन जिइरहेका छन् - शरीरको र आत्माको । सोभियत संघको कुनाकुना पुगाउन म मेरा सम्पूर्ण दश हजार बुद्धहरू ल्याउँछु । 

र मसँग भएका मात्र मानिसहरू होइनन् यिनीहरू - पृथ्वीमा करिब दुई मिलियन मानिसहरू छन् । यदि तपाईंसँग वास्तविक सुरुवाती छ भने, म ती दुई मिलियन मानिसहरू पनि सोभियत संघमा ल्याउन सक्छु, नयाँ क्रान्ति ल्याउन, एकदम स्वच्छ क्रान्ति जसले सोभियत जनतालाई शरीर र आत्मा एकसाथ भएको पूर्ण जनता बनाउने छ ।

हामीले गहिरो सद्भाव र सन्तुलनका साथ बाहिरी जीवन र भित्री जीवन जिउनु पर्छ । जहाँसम्म म चिन्तित छु, जबसम्म तपाईं ध्यानी हुनुहुन्छ तपाईं वास्तविक कम्युनिस्ट हुनसक्नु हुँदैन । किनभने जहाँसम्म शरीरको सवाल छ, दुइटा मानिस ठ्याक्कै बराबर हुँदैनन । क्षमतामा, बौद्धिकतामा, शरीरमा, शारीरिक बनाओटमा ।

तपाईंले हुर्किन बराबर अवसर दिनुन्छ तर हुर्काइले असमान मानिसहरू ल्याउँछ ।  कोही वैज्ञानिक बन्ला र कोही जुत्ता सिउने बन्ला; कोही टोल्सटोय जस्तै वा टर्गेन्भ जस्तै वा चेकोभ जस्तै वा गोर्की जस्तै ठूलो उपन्यासकार बन्ला  र कोही बाँसुरी बजाउने बन्ला । सबैलाई असमान हुर्किनलाई समान अवसर आवश्यकता पर्छ । तर जहाँसम्म अध्यात्मको सवाल छ, सबैजना बुद्ध समान छन् । त्यो नै वास्तविक कम्युनिस्ट हो - गहिराइ, उचाइ, धेरै आधिकारिक ।


Author

थप समाचार
ad
x