विचार

कर्णाली

चार दशकअघि सीडीओ साबका आँखामा सिँजा

नदीको तीर, सम्मो धाने फाँट, विद्यालय जस्तो सरस्वतीको मन्दिर !

सूब सेन |
मंसिर १२, २०७८ आइतबार ८:१५ बजे

फोटो स्रोत : दिलमाया शाही/जुम्ला

नेपाली भाषाको उत्पत्ति, साहित्य र संस्कृतिको उद्गमस्थल, नेपालको इतिहासमा खसिया मल्ल राजाहरूको महत्वपूर्ण स्थान रहेको जुम्ला हाटसिँजा जाने, हेर्ने, बुझ्ने, पढ्ने विचार मेरो मनमा धेरै दिनदेखि जागिरहन्थ्यो, उम्लिन खोज्थ्यो । 

अनुकूलताको अभावमा सेलाउँथ्यो । तात्थ्यो । फेरि सेलाउँथ्यो । जहाँ इच्छा, त्यहाँ उपाय भनेझैँ जुम्ला जिल्लाको प्रजिअको हैसियतमा काम गर्ने अनुकूल परेपछि २०३५ भाद्र २७ गते स्थानीय वस्तुस्थिति बुझ्ने, समस्याहरू हेर्ने समाधानका उपायहरू अध्ययन गर्ने, त्यस क्षेत्रलाई कसरी आधुनिकतातिर लगेर उभ्याउन सकिन्छ, बुझी कार्यक्रम बनाउने विचार लिएर बिहान ८ः३० बजे जनजीवनसँग सम्बन्ध राख्ने सरकारी कार्यालयका कर्मचारी प्रमुखहरूलाई साथमा लिई निस्केँ । हेल्थ असिस्टेण्ट श्री परशुराम झा, विकास योजनाको लगत इस्टिमेट र फरफारकका लागि ओभरसियर, सुरक्षासम्बन्धी प्रहरी अधिकृत, पञ्चायत विकास अधिकारी र  राजनीति तथा स्थानीयताका जानकार तथा गाउँ फर्क जिल्ला समितिका सदस्य–सचिव श्री महाशङ्कर देवकोटाजीसहित नौजनाको डफ्फा भएर निस्क्यौं देवकोटाजीले जुम्ली दोहरी गीतका टेपरिकर्डर चक्काहरूसहित रेडियो पनि बोक्नुभयो । 


यात्रा उत्साहपूर्ण ढङ्गले अगाडि बढ्यो । सिँजा क्षेत्रका जनताको दुःख, पीरमर्का, अन्याय, जालीफटाही नियन्त्रण गरिदिने, न्याय र सुरक्षाको अनुभूति हुने स्थिति सिर्जना गरिदिने, विकास निर्माणतिर प्रेरित गर्नेजस्ता उद्देश्य लिएर हाम्रो यात्रा अगाडि बढ्यो । बिहानको न्यानो घाम, पहाडी दृश्य हेर्दै, घुकुतीचौर, चेरेचौर हुँदै निस्क्यौँ । 

छेउमा सिँजाली राजाहरूको दरबारको भग्नावशेष रहेछ । यसै स्थानबाट खस मल्ल राजाहरूले नेपाली भाषा, संस्कृति र इतिहासको जग बसालेका थिए । उनीहरूको गृष्मकालीन राजधानी थियो । र, हिउँदे राजधानी दुल्लु थियो । यहाँ दुईवटा बाघका मूर्ति छन् । जसले त्यस बेलामा मूर्तिकला पनि उन्नत अवस्थामा भएको देखाउँछ । 

वारिपारि देखिने गोठ, वन, चरनमा भैंसी घाँडाहरू मन्द्राई मन्द्राई चरिरहेको हेर्दाहेर्दै हिँड्यौँ । देवदारु सल्लाको वन, पहरा, छहरा, लहराभरि वन, पाखा भीर, उकालो, ओरालो, लामो बाटो लम्बिएर हिँड्दै गयौँ । करिब १२ हजार फिट लेक काटेपछि सुरु भएको पानीले कुट्यो । ओरालोतिर खेद्यो । बाघखण्ड, नागखण्ड, गाणेमाटा खोला, छालाचौर, नरालढुङ्गा खोला, चाकपाणे खोला हुँदै खलङ्गाबाट २४ किलोमिटर टाढा रहेको सिँजादरा अर्थात् सिँजा पुग्यौँ ।

हिमानदी तरेर उकालो निस्क्यौँ । सानो पहाडको टुप्पोमा पुग्यौँ । यो नै ‘लामाथाडा’ लामोछानो भन्ने थुम्को रहेछ । यहाँ कनकासुन्दरी, त्रिपुरासुन्दरी, जालपादेवी मन्दिरहरू जीर्ण अवस्थामा रहेछन् । पाले, पहरा, पूजारी कोही नभएको, बेवारिसी प्रकारको मन्दिर ! थोत्रो मन्दिर ! मामुली ढोका, यस्सो तानेर लगाउने खोल्ने अवस्था ! एउटा साँचो समेतको व्यवस्था नभएको देखेर दुःख लाग्यो । ‘जहाँतहीँ आफ्नो धर्म, संस्कृति र आस्थाको केन्द्रमा पनि हामी कति लापर्वाह छौं ? हामी कति बिग्रेका छौँ ?’ भन्ने लाग्यो । ध्यान दिएर हेरें । देवकोटाजीसँग कुरा गरें– ‘हामी आफ्नो धर्म, संस्कृति र सभ्यताको रक्षा र विकासका लागि धेरै गर्नुपर्ने अवस्थामा छौं ।’ 

ढोका खोली भित्र मूर्तिमा फूल भेटी चढाएँ । पाउमा शिर राखी दर्शन गरेँ । प्रार्थना गरें, ‘माता ! मेरो सखताले भ्याएसम्म तिम्रो सेवा गर्नेछु । मन्दिरमा जीर्णोद्धार र पूजाको व्यवस्था गर्नेछु । राम्रो कालो ढुङ्गाको उच्चस्तरको देवीको कलापूर्ण सजीव मूर्तिको पूजा व्यवस्था जति आवश्यक छ, आज कुधर्मी र कुकर्मीहरूको बिगबिगी भएको बेला सुरक्षाको पनि त्यतिकै आवश्यकता छ । यस्तै महसुस गर्दै निस्केर मन्दिरको जीर्णोद्धार गर्ने, स्थायी रूपमा पूजारी राख्ने गरी पूजालाई नियमित गर्ने, देवीको मूर्ति हाम्रो धर्म, संस्कृति, सभ्यता र इतिहासको प्रतीक हुनाले राम्रो सुरक्षाको व्यवस्था गर्ने कार्यक्रम बनाई काम गर्न लगाउने विचार बनाएँ । 

छेउमा सिँजाली राजाहरूको दरबारको भग्नावशेष रहेछ । यसै स्थानबाट खस मल्ल राजाहरूले नेपाली भाषा, संस्कृति र इतिहासको जग बसालेका थिए । उनीहरूको गृष्मकालीन राजधानी थियो । र, हिउँदे राजधानी दुल्लु थियो । यहाँ दुईवटा बाघका मूर्ति छन् । जसले त्यस बेलामा मूर्तिकला पनि उन्नत अवस्थामा भएको देखाउँछ । 

साथै, इँट, ढुङ्गाको गारो, पुराना सुल्फा, चिलिम, कुटा, कर्द, च्याँखुराका खोर, लाहाका चुराहरू पाइन्छन् । सेराफाँटमा ण्जोत्दा इँटाका नाली पनि पाइएका हुनाले खसकालीन सिँजा उन्नत र भव्य संस्कृतिमय भएको प्रमाणित हुन्छ । यी सबै कुराको अध्ययनमा साथमा रहनुभएका श्री महाशङ्कर देवकोटाजीको धेरै धेरै सहयोग र व्याख्या रह्यो । अर्थात्, उहाँको सहयोगमा जुम्ला, सिँजा सभ्यताबारे थोरै भए पनि जान्न पाएकामा खुसी लाग्यो । खुसीमा रमाउँदै बुझ्दै गर्दा समय धेरै गएछ । साँझ पर्न थालेछ र थकाइ र भोकले पनि असर गर्न थालेछ । म मात्रै कहाँ र ! टोलीका सबैजसो सदस्यहरू कमजोर भएझँै लाग्यो । प्रधानजीलाई खबर त पठाएको हो । तर, उहाँ नआउनु भएकोले बास आफै खोज्नुपर्ने भयो । 

नदीको तीर, सम्मो धाने फाँट, शान्त, सुन्दर, स्वच्छ ठाउँ, विद्यालय जस्तो सरस्वतीको मन्दिर ! बाँके गरी बनाएको विद्यालय भवन, बाल्यकालमा तम्घासको बाँके विद्यालयको याद आयो । अगाडितिर, ठूलो देवदारुसल्लाको रूख, भव्यरूख, विशालरूख जसको छहारीमा–ओतमा रहँदा सुरक्षाको अनुभूति हुने रूख ! आधारजस्तो ! कति ठूलो कति रमाइलो !

छिटो छिटो ओहालो भयौँ । चौखीखोला, अनि धुवाघाट खोला पुल तरेर अगाडि बढ्यौँ । हाटसिँजा गाउँ पञ्चायतको छेउँ चौतारीमा पुगेर थकाइ मार्न बस्यौँ । ‘प्रधानपञ्चले हाम्रो भ्रमण कार्यक्रम थाहा पाए, नपाएको के रहेछन् ?’ भनी बुझ्न एकजना प्रहरी पठायौँ । एकछिनपछि ‘आउने भया यही आउँछ, नआउने भया जान्छ आफ्नै बाटो’ भनेको र नआएको । 

अरूलाई पनि त्यस्तै भनेकाले, दिएको कार्यक्रम अनुसार गाउँका पञ्चनेताहरू कोही नआएको भन्ने बुझियो । आज यहाँको स्थिति, परिस्थिति केही जान्न पाइएन । तर पनि यहाँ आइपुगेकामा खुसी लाग्यो । यहाँका प्रधानपञ्च, गा.पं. सचिव र प्रेमबहादुर हमालहरूलाई ‘भोलि बिहान सातै बजे कनकासुन्दरी भगवती मन्दिर आउनू, मन्दिर जीर्णोद्धार, सुरक्षा र पूजाआजा व्यवस्थाबारे के गर्न सकिन्छ ? सरसल्लाह गर्नुछ । म ठीक समयमा त्यहाँ आइपुग्ने छु । पीरमर्कामा परेका जनतालाई दिउँसो ११ बजे लुट्कु विद्यालयमा आउने खबर दिनू’ भन्ने खबर पठाएँ प्रधानपञ्चजीलाई । 

यतातिरका चार पञ्चायतको माझ पर्ने लुट्कु गा.पं.मा बास बस्ने निधोगरी साँझ साँझ पर्ने बेलामा त्यतातिर लाग्यौँ । तेर्सो, सम्मो खोलाको तीर धानखेतको कुनाबाट माझबाट हिँडेर सात बजे पाण्डुगुफा गाउँपञ्चायत लुट्कुगाउँ पुग्यौं । कनकासुन्दरी निम्न माध्यामिक विद्यालय भवनमा बास बस्यौँ । टोलीको सदस्यहरू दौडधूप गरे । शिक्षकहरूको सहयोग जुट्यो । आठ बजेसम्ममा दाउरा, भाँडा, खाने सामान सबै जुट्यो । पकाउने बनाउने काम हुँदै गयो । म यतातिरको वस्तुस्थिति बुझ्न व्यस्त रहेँ । 

नदीको तीर, सम्मो धाने फाँट, शान्त, सुन्दर, स्वच्छ ठाउँ, विद्यालय जस्तो सरस्वतीको मन्दिर ! बाँके गरी बनाएको विद्यालय भवन, बाल्यकालमा तम्घासको बाँके विद्यालयको याद आयो । अगाडितिर, ठूलो देवदारुसल्लाको रूख, भव्यरूख, विशालरूख जसको छहारीमा–ओतमा रहँदा सुरक्षाको अनुभूति हुने रूख ! आधारजस्तो ! कति ठूलो कति रमाइलो ! हेर्दै बुझ्दै, अध्ययन–गर्दै रहेँ । राष्ट्रिय विकास सेवा दलका दुईजना विद्यार्थी – रामविक्रम सिँजापति र उनका साथीले यो विद्यालय भवन निर्माण गर्न र पठन–पाठनका लागि व्यवस्था मिलाउन निकै योगदान पुर्‍याएका रहेछन् । 

जसबाट प्रभावित यहाँका बासिन्दाले उनीहरूको योगदानको प्रशंसा गर्दै विकास निर्माणको काममा योगदान पु¥याउन तत्पर रहेको कुरा सुनेँ । रा.वि.से. कार्यक्रमप्रति जनसमर्थन र आकर्षण रहेको बुझेँ । ११ बजे खाना खाई विद्यालयमा बेञ्चहरू जोडेर  बनाएको कक्षा कोठा कोठामा बाँडिएर सुत्यौँ । बञ्चराले चिरेर बनाएका बेसाइजका बेञ्चहरू जोडी बनाएका खाटबाट थकाइले लोत परेको शरीर भएर पनि जिउ त दुख्यो नै ।

साथै गाउँ गाउँबाट जुटाएका गुन्द्रा, काम्लामा उपियाँ, उडुस रहेछन् । आफ्नो आफ्नो तौरतरिकाले उपियाँ नाच्दै उफ्रिँदै, उडुसले घुसघुसेर टोके । दुब्ला पाताला मान्छेको रगत पनि निर्दयी भएर चुसे । खोयाँल खोयाल गरेर छट्पटी र कष्टकै साथ रात बित्यो । निद्रा पुगेन । थकाइ मेटिएन । तर जुम्ला सेवा धर्मको पालन गर्न निस्केको भावनाले उज्यालोसँग शरीरमा नयाँ जाँगर ल्याइदियो । (सूब सेनको पुस्तक ‘अविस्मरणीय जुम्ला’बाट ।)


Author

थप समाचार
x