यो राजनीति गर्ने बेला होइन, के गर्ने बेला हो त हजुर ?
०००
०००००००००
स्कुले जीवनका ती दिन अहिले पनि सम्झना छ । कसैले मलाई भनेका थिए, ‘तिमी पढ्नुपर्छ, यस्ता गतिविधिमा संलग्न हुनु हुँदैन ।’
यस्ता गतिविधि भनेको के थियो त भने, राजनीति । विद्यार्थी जीवनमा राजनीति ! म कक्षा सातमा हुँदा मेरा आदरणीय शिक्षकले त्रिभुवन विश्वविद्यालयमा जारी आन्दोलनका सन्दर्भमा भन्नभएको थियो, ‘राजनीति खराब विषय हो, तिमी यसमा संलग्न नहुनू, पढाइमा ध्यान केन्द्रित गर्नू । राजनीतिक क्षेत्रमा जान सक्छौ तर ठूलो भएपछि मात्र ।’
हाम्रो वार्तालाप मैथिली भाषामा भएको थियो । र उहाँले बारम्बार ‘सत्ता’ शब्द प्रयोग गर्नुभएको थियो, जुन मैले बुझिनँ त्यति बेला । मैले गाउँका एक जना काकालाई प्रश्न गरेँ, ‘के हो यो ‘सत्ता’ भनेको ? काकाले भन्नुभएथ्यो, ‘सत्ता अर्थात् राजनीति, एक प्रकारको शिक्षा हो, जसले तिमीलाई असल नागरिक बनाउँछ । सभ्य र उत्तरदायित्वपूर्ण राजनीतिले तिमीलाई असल नागरिक बनाउँछ ।’
यस्तो भनाइ मैले लाखौँ पटक सुनिसकेको छु ।
तपाईं विद्यार्थीको भूमिकामा हुनुहुन्छ भने शिक्षकले भन्नेछन्, ‘तिमी विद्यार्थी हौ, आफ्नो अध्ययनलाई पूर्णता देऊ, त्यसपछि राजनीतिमा सहभागी हुनू ।’ तपाईं बेरोजगार हुनुहुन्छ भने सुन्नुहुनेछ, ‘पहिला जागिर खोज, जागिर पाएपछि राजनीतिमा सहभागी हुनू ।’
तपाईं रोजगार हुनुहुन्छ भने सुन्नुहुनेछ, ‘राजनीतिमा सहभागी हुनु हुँदैन, तिमी जागिर गुमाउन सक्छौ ।’
तपाईं विवाहित हुनुहुन्छ, परिवारसँग हुनुहुन्छ भने सुन्नुहुनेछ, ‘राजनीतिमा सहभागी नहुनू, तिमीमाथि परिवारको जिम्मेवारी छ ।’
तपाईं वृध्द र बिरामी अवस्थामा हुनुहुन्छ भने सुन्नुहुनेछ, ‘स्वास्थ्य उपचार गर्नुस्, हेरेचार गर्नुस् । किन यो उमेरमा राजनीतिमा सहभागी हुनुहुन्छ ?’
यी सबको अभिप्राय हो- राजनीति धेरैले नगरून्, शिक्षित व्यक्तित्व राजनीतिमा नपसून् ।
पहिलो वर्गमा हामी ती सबैलाई राख्न सक्छौँ, जसले यो अवस्थाको प्रयोग राजनीतिक ‘उद्देश्य’का लागि गरेका हुन्छन् । दोस्रो, यहाँ यस्ता पनि छन्, जसले संकीर्ण दृष्टिकोण राखेका हुन्छन् र नागरिक, राजनीति र शिक्षाको परिभाषाबाट भयभित भएका हुन्छन् । शिक्षा भनेको जागिर प्राप्त गर्ने माध्यम हो, राजनीतिलाई शिक्षाका विरोधी तत्व जस्तो बुझेका हुन्छन्, राजनीतिज्ञले राजनीति गर्ने हो र नागरिकको अधिकार पाँच वर्षमा एक पटक मतदान गर्ने हो भन्ने सीमित बुझाइ राखेका हुन्छन् ।
दोस्रो वर्गबाटै सुरुवात गरौँ : ब्राजिलियन शिक्षाविद् पाउल फियरीले भनेका छन्, ‘बहुसंख्यक जनताका लागि शिक्षालाई बैंकिङ मोडलमा सीमित गरिएको छ ।’ शिक्षकले ‘ज्ञान’ विद्यार्थीभित्र ‘डिपोजिट’ गर्छन्, जसका लागि समाज वा उनका मातापिताले पैसा तिरेका हुन्छन् र विद्यार्थीहरूले निष्क्रियतापूर्वक ‘ज्ञान’ आर्जन गरिरहेका हुन्छन्, यसको साधारण कारण शिक्षालाई व्यापारयोग्य वस्तु बनाइएको छ, जसका लागि पैसा तिर्नुपर्छ । फियरीले कुशलतापूर्वक यस्तो शिक्षाको प्रभावको वर्णन गरेका छन् । उनी भन्छन्, ‘यो आश्यर्यजनक छैन कि बैंकिङ अवधारणामा शिक्षाको सम्बन्ध मानवलाई व्यवस्थायोग्य र नियन्त्रणीय प्राणी बनाउनुसँग हुन्छ । धेरै विद्यार्थीहरूले ‘ज्ञान स्टोरमा डिपोजिट’ गरिदिने काम शिक्षकको विश्वासमा छाडेका हुन्छन् । यदि थोरै आलोचनात्मक चेतना आफैँमा विकसित गर्न सकियो भने उनको हस्तक्षेपद्वारा जुन संसारमा उनीहरू बसिरहेका छन्, त्यो संसारको रूपान्तरणकर्ता हुन सक्छन् । तर उनीहरूलाई त्यस्तो गर्न दिइएको हुँदैन ।
मलाई सधैँ यस कारणले दुःखी बनाउँछ कि विश्वविद्यालयका अहिलेका विद्यार्थीहरू कक्षाकोठाको चार भित्ताभन्दा बाहिरको शिक्षा प्राप्त गर्न सकिरहेका छैनन् ।
थोपरिएको निष्क्रिय भूमिका उनीहरू जति बढी स्वीकार गर्छन्, त्यति बढी संसारका यथास्थितिवादी अगाडि बढ्छन् र वास्तविक दृश्यका अंशहरू आफूभित्र ‘डिपोजिट’ गर्छन् । धेरैजसो हामी यस्तो प्रकारको परिणामबाट खुसी हुन्छौँ । यो प्रणालीले कहिलेकाहीँ दक्षतापूर्ण उत्पादन गर्छ, तर धेरैजसो अवस्थामा अक्षम, आज्ञाकारी डाक्टर, इन्जिनियर, अर्थशास्त्री, कामदार, इतिहासकार इत्यादि उत्पादन गर्छ, जसले संसारलाई यथास्थितिमा स्वीकार गरेका हुन्छन् ।
शैक्षिक प्रणालीको माध्यमले विद्यार्थीलाई आज्ञाकारिताको साँचामा ढालिएको हुन्छ र सुम्पिएको प्रमाणपत्र निष्क्रियताको प्रमाण हुन् । तर जुन यो शिक्षा प्रणालीका पक्षधर हुन् अत्याधिक ‘ज्ञानात्मक तर्क’ गर्छन् । जब विद्यार्थी राजनीतिक क्रियाकलापमा सहभागी हुन्छन् जसले विद्यार्थीलाई सामाजिक व्यवस्थाका रूपान्तरणका सक्रिय पात्रका रूपमा परिवर्तन गरेका हुन्छन्, जुन समाजमा उनी बसेका हुन्छन् ।
जब विश्वविद्यालयका विद्यार्थीहरूद्वारा अधिकारका लागि आन्दोलन गर्छन्, समाजका ती वर्ग जसलाई बैंकिङ शिक्षा मोडलमा विश्वास छ, उनलाई बेचैन बनाउँछ । शिक्षाप्रद, सिर्जनात्मक र परिवर्तनकारी प्रकृतिको सहभागिताबाट उनीहरू दुखित हुन्छन् । जब विद्यार्थीहरू सडकमा आउँछन्, बैंकिङ प्रणालीको शिक्षा अस्तव्यस्त हुन्छ र विद्यार्थीहरू सम्भवतः समाज परिवर्तनको मुख्य स्रोतको योग्यता प्राप्त गर्छन् ।अझ महत्वपूर्ण, शक्ति सन्तुलनका लागि प्रसन्न गर्छन् ।
जोखिमपूर्ण यो हुन्छ कि विद्यार्थी अब राजनीतिज्ञ हुन्छन् र उनका विचार अझ बढी स्थायी रूपमा परिवर्तनकारी हुन्छ । जसको फलस्वरूप विद्यार्थी आन्दोलनले ‘स्थायी क्षति’ निम्त्याउने अनुभूति समाजको त्यो यथास्थिति वर्गको दृष्टिकोण बन्न पुग्छ र विद्यार्थी राजनीतिको जोडदार ढंगले विरोध गर्छन् । पुराना तर्कहरूलाई पुनर्जीवित गर्छन् : विद्यार्थी राजनीतिमा सहभागी हुनु हुँदैन, उनको काम पढ्ने हो, विश्वविद्यालयलाई राजनीतिक क्रियाकलापको केन्द्र बनाउनु हुँदैन, राजनीति फोहोरी खेल हो, विद्यार्थी राजनीतिबाट टाढा रहनुपर्छ आदि इत्यादि ।
विडम्बना, धेरैजसो यस वर्गका समाजका सदस्यहरू कहिले पनि श्रेय दिँदैनन् कि विद्यार्थी आन्दोलनले नेपालको मात्रै होइन, संसारभरिका राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका छन्, जुन उनीहरूले स्कुल अथवा कलेजमा पढेका पनि हुन्छन् । नेपालमा निरंकुश राजतन्त्रविरुध्द आन्दोलनमा विद्यार्थीको भूमिका, अमेरिकी भियतनाम युध्दमा विद्यार्थीको भूमिका, फ्रान्समा ‘अकुपाय विश्वविद्यालय’, एन्टिपिनकोट आन्दोलन चिलिमा र एन्टिएथरपाइट आन्दोलन दक्षिण अफ्रिकामा, यी केही उदाहरणहरू हुन् जहाँ विद्यार्थी आन्दोलनको भूमिका महत्वपूर्ण थियो ।
तपाईं बेरोजगार हुनुहुन्छ भने सुन्नुहुनेछ, ‘पहिला जागिर खोज, जागिर पाएपछि राजनीतिमा सहभागी हुनू ।’
राणा शासनविरुध्द विद्यार्थी आन्दोलन, पञ्चायती शासनविरुध्द विद्यार्थी आन्दोलन वा ज्ञानेन्द्रको तानाशाहीविरुध्द होस् विद्यार्थी आन्दोलन, अग्रमोर्चामा नहुँदो हो त परिवर्तनको कल्पना पनि गर्न सकिँदैन थियो । समाजका यथास्थिति वर्गका लागि यी बितेका कालका घटना मात्रै हुन् । गजब विद्यार्थीहरू आन्दोलनमा सहभागी हुन्छन्, यथास्थिति वर्गलाई भयले अत्यधिक तरिकाले सताउन थाल्छ र युवा पुस्ता विगत र वर्तमानका आन्दोलनका सम्बन्धबारे विवेचना गर्न सुरु गर्छन् । यो सम्बन्धले विद्यार्थीहरूको योग्यतालाई बाहिर ल्याउँछ, जसले गर्दा सामाजिक रूपान्तरणका वास्तविकतासँग उनीहरूको सामना हुन्छ । रामलक्ष्मण, कामेश्वर-कुशेश्वर, भगतसिंह, मार्टिन लुथर किङ जुनियरहरू पुस्तकमा जीवन्तता प्राप्त गर्छन् र प्रेरणा प्राप्त हुन्छ कि हामी पनि संसार परिवर्तन गर्न सक्छौँ । जुन यथास्थितिवादी संसारमा हामी बाचिरहेका छौं ।
बैंकिङ शिक्षा प्रणाली यस्तो दीर्घजीवी वैचारिक विधि हो, यस वर्गका मानिस सधैँ त होइन, तर यतिसम्म पनि अनुभूति गर्दैनन् कि जुन तर्क ‘विद्यार्थी राजनीतिमा सहभागी हुनु हुँदैन’ त्यो आफैँमा उच्च राजनीतिक कथ्य हो । अब पहिलो वर्ग, उदाहरणका लागि, ती जो तर्क गर्छन् कि विद्यार्थीहरू राजनीतिक उद्देश्यका लागि राजनीतिक मुद्दामा सहभागी हुनु हुँदैन । यी वर्गलाई बुझाउन अझै कठिन छ । उनीहरूलाई जानकारी छ, विद्यार्थी आन्दोलनको विष्फोटक क्षमता । कुनै बेला यिनीहरू आफैँलाई राजनीतिज्ञका रूपमा तैयार गरे, जुन बेला यिनीहरू विद्यार्थी आन्दोलनमा सहभागिता जनाएका थिए ।
यिनीहरूलाई पूर्ण चेतना छ कि आन्दोलनले नयाँलाई अगाडि ल्याउनेछ र उनका प्राधिकारलाई चुनौती दिनेछ, बाहिरको बाटो देखाउनेछ अथवा यिनलाई पूर्णरुपमा असान्दर्भिक बनाइदिनेछन् । यसवर्गमा उच्च मनोबल भएका व्यक्ति हुन्छन्, जसले शैक्षिक क्षेत्र राजनीतिमुक्तको प्रचार मात्रै गर्दैन तर सक्रियतापूर्वक विद्यार्थी आन्दोलनलाई बदनाम र निस्तेज गर्न शक्तिको पनि प्रयोग गर्छन् । यिनीहरू आफ्नो बाटोमा कुनै अवरोधलाई छोड्न चाहँदैनन् जुन यिनीहरूको विचारमा बाधा पुर्याउँछ । राम्रो उदाहरण, अहिलेका कांग्रेसको भ्रातृ संस्थाहरूलाई लिन सकिन्छ । विद्यार्थीलाई राजनीतिमा सहभागी गराउनु हुँदैन भनेर शीर्ष तहमै सहमति भएको बुझ्न सकिन्छ । नेविसंघको दस सदस्य समिति र तरुण दलको चार सदस्यीय समिति, त्यो किन हो भने आन्दोलनले नेता उत्पादन गर्छ । जुन कांग्रेसका शीर्ष नेताका आसेपासेदेखि परिवारका सदस्यहरूलाई दलको नेतृत्वमा पुग्न बाधा-अवरोध उत्पन्न गर्न सक्छ । मलाई सधैँ यस कारणले दुःखी बनाउँछ कि विश्वविद्यालयका अहिलेका विद्यार्थीहरू कक्षाकोठाको चार भित्ताभन्दा बाहिरको शिक्षा प्राप्त गर्न सकिरहेका छैनन् । सामाजिक र राजनीतिक रूपान्तरणका शक्तिहरू अहिले विदेशिन बाध्य भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया