विचार

चाइना जर्नल

उकासिएको चीनको अर्थतन्त्रः ईर्ष्या कि आशा

अजय अलौकिक |
कात्तिक १४, २०७७ शुक्रबार १८:३७ बजे

कोभिड-१९ महामारीले विश्व अर्थतन्त्रमा गम्भीर सङ्कट ल्याएको छ । यसअघि नै संरक्षणवाद तथा एकपक्षीयताले पछि धकेलिरहेको विश्व अर्थतन्त्रलाई महामारीले झनै ठूलो दबाब सिर्जना भएको छ । यद्यपि सन् २००८ मा अन्तर्राष्ट्रिय बैकिङ सङ्कट देखा परेदेखि नै विश्‍व अर्थतन्त्र सकारात्मक रूपमा जुर्मुराउन सकेको छैन । तर यस्तो अवस्थामा पनि चीनको अर्थतन्त्रले भने सकारात्मक सङ्केत देखाइरहेको छ ।

हुन त धेरै वर्षदेखि विश्वको आर्थिक वृध्दिमा चीनको अर्थतन्त्रले ३० प्रतिशतभन्दा बढी योगदान दिँदैआएकै छ । चीनमा देखिएको क्रमिक सुधारसँगै विश्व अर्थतन्त्रको पुनःसंरचनालाई समेत ऊर्जा थपिदिएको छ । चीनको अर्थतन्त्र ऋणात्मक गतिबाट मोडिएर धनात्मक वृध्दि हुनु विश्‍व अर्थतन्त्रको पुनःउत्थानका लागि समेत राम्रो संकेत हो । 


चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले हालै (अक्टुबर १९) सार्वजनिक गरेको चालु वर्षको तीन त्रैमासिक आर्थिक तथ्याङ्क अनुसार, अघिल्ला तीन त्रैमासिक अवधिमा कुल गार्हस्थ उत्पादन ७२२ खर्ब ४८ अर्ब ६० करोड चिनियाँ युआन पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ०.७ प्रतिशतले वृध्दि भएको देखिन्छ ।

तेस्रो त्रैमासिक अवधिमा चीनको आर्थिक वृद्धि दर ४.९ प्रतिशत पुगेको छ । पहिलो त्रैमासिक अवधिमा आर्थिक विकास वृद्धि दर ६.८ प्रतिशतले घटेको थियो भने दोस्रो त्रैमासिक अवधिमा गत वर्षको तुलनामा ३.२ प्रतिशतले वृद्धि भएको थियो । पछिल्ला दुई त्रैमासिक अवधिमा चीनको अर्थतन्त्र ऋणात्मकबाट धनात्मक वृध्दिको गतिमा मोडिएको छ । साथसाथै, यसबाट चीनले महामारीको रोकथाम तथा नियन्त्रणमा उपलब्धि हासिल गरेको पनि पुष्टि हुन्छ । यद्यपि चालु वर्षका लागि चीनले आफ्नो आर्थिक लक्ष्य नै तय गरेको थिएन । 

चीनको अर्थतन्त्रको सुधारलाई लिएर न्यूयोर्क टाइम्सले यसरी मुल्याङ्कन गरेको छ, ‘विश्वका धेरै स्थानमा यथावत रूपमा कोभिड-१९ महामारीले आक्रान्त बनाइरहेको समयावस्थामा पनि चीनले पुनः एक पटक प्रमाणित गरेको छ कि सशक्त रूपमा महामारी नियन्त्रण गरेपछि तीव्र गतिले आर्थिक पुनःउत्थान गर्नसकिने सम्भावना छ ।’

१३औं राष्ट्रिय जनकङ्ग्रेसको तेस्रो अधिवेशनको क्रममा प्रधानमन्त्री ली ख छ्याङले चीनले कुल गार्हस्थ उत्पादन मात्राको ठोस लक्ष्य नतोके तापनि सर्वसाधारणको रोजगारी, आधारभूत जीवनयापनको स्तर र बजारको मुख्य मागलगायत '६ वटा संरक्षण' को लक्ष्य बनाएका थिए । त्यसमा बजार, व्यवसायलाई स्थिर पार्नुका साथै रोजगारीको प्रत्याभूति गर्ने, सुधारमार्फत बजारलाई प्रोत्साहन गर्ने, घरेलु माग विस्तार गर्ने, गरिबी निवारण लक्ष्य साकार गर्ने, उच्चस्तरीय वैदेशिक खुलापनलाई अझै बढाउने, जनजीवनको प्रत्याभूति तथा सुधार आदि विषय समेटिएका थिए । त्यस बेला प्रधानमन्त्री लीले कोभिड(१९ महामारीबाट विश्व अर्थतन्त्रमा पुर्याएको क्षतिबाट जोगिनसक्ने सम्भावना न्यून भएको समेत औंल्याएका थिए । तथापि यस प्रभावलाई घटाउन चीनले विविध कदम चाल्दै जाने र यसबाट चिनियाँहरुले आर्थिक वृद्धिबारे प्रत्यक्ष अनुभव गर्न पाउने पनि उद्घोष गरेका थिए । 

सन् २०२० को आरम्भसँगै देखिएको कोभिड-१९ महामारीले विश्वसँगै चीनको आर्थिक तथा सामाजिक विकासमा चुनौती ल्याएको थियो । त्यस पछिका दिनमा काम, सेवा, उत्पादन तथा बजारलाई पुनःशुरु गर्न विविध कदममा गति प्रदान गरेपछि चीनको अर्थतन्त्रको पुनःउत्थान भएको हो । शुरुमा कोभिड-१९ महामारी फैलिएको अवस्थामा आवश्यक वस्तु उत्पादन तथा सेवाहरूलाई सुचारू राख्न विविध कदमहरू चालिएका थिए ।

प्रभावकारी रुपमा महामारीलाई नियन्त्रणमा लिएपछि सबै किसिमका व्यवसाय तथा उत्पादन पुनःसुचारू भएको छ । यसै गरी चीनले उद्योग-व्यवसायको बोझ कम गर्न सशक्त वित्तीय कदम तथा अनेकन् समर्थन नीतिको तर्जुमा गरेको थियो । चिनियाँ अर्थतन्त्र खुम्चेपछि चीनले राज्यकोषबाट खर्च र राहत, कर छुट, ऋणमा कटौती, राहत सुविधा, उपभोग कुपन वितरणलगायतका उपायहरू अवलम्बन गरेको थियो ।

साथै एक अर्ब चालिस करोड जनसंख्या भएको चीन आफैमा पनि शक्तिशाली छ । यसको ज्वलन्त उदाहरण अक्टुबरको सुनौलो सप्ताहलाई लिनसकिन्छ। उक्त विदाको अवधिमा ६३ करोड बढी चिनियाँ पर्यटकबाट आन्तरिक पर्यटनमार्फत् ४ खर्ब ६६ अर्ब ५६ करोड चिनियाँ युआन आर्जन गरेको थियो । 

यसरी तीन त्रैमासिक अवधिमा चीनको आर्थिक वृद्धि दर नकरात्मकबाट सकारात्मक भएकोले विश्वव्यापी रूपमा नै सुस्त विश्व अर्थतन्त्रलाई उत्तेजित गरेको छ । विश्वको दोस्रो ठूलो आर्थिक राष्ट्र चीनको सफलताले कोभिड-१९ महामारीलाई प्रभावकारी रूपमा नियन्त्रण गरी सही आर्थिक नीति तथा कदम चालेमा अर्थतन्त्रमा सुधार देखिने प्रमाण दिएको छ । चीनको अर्थतन्त्रको पुनःउत्थानले विश्वलाई आशा तथा विश्वास दिलाएको छ । विश्वको आर्थिक वृद्धिको मुख्य इञ्जिन समेत रहँदैआएको चीनको अर्थतन्त्रको भविष्य अपेक्षाकृत रूपमा वृध्दि हुने नै छ । तापनि चीनको यस उन्‍नतिलाई विश्वले हेर्ने नजर फरक फरक छन् । 

चीनको अर्थतन्त्रको सुधारलाई लिएर न्यूयोर्क टाइम्सले यसरी मुल्याङ्कन गरेको छ, ‘विश्वका धेरै स्थानमा यथावत रूपमा कोमिड(१९ महामारीले आक्रान्त बनाइरहेको समयावस्थामा पनि चीनले पुनः एक पटक प्रमाणित गरेको छ कि सशक्त रूपमा महामारी नियन्त्रण गरेपछि तीव्र गतिले आर्थिक पुनःउत्थान गर्नसकिने सम्भावना छ ।’

यसै गरी अक्टुबर १३ मा अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले सार्वजनिक गरेको ूविश्व आर्थिक आउटलुक प्रतिवेदनू मा सन् २०२० मा चीनको अर्थतन्त्र १।९ प्रतिशतले बढ्ने अनुमान गरेको छ । साथै सन् २०२१ मा चीनको अर्थतन्त्र निरन्तर रुपमा वृद्धि हुँदै ८।२ प्रतिशत पुग्ने अनुमान पनि गरेको छ । यसबाहेक, चीन यस वर्ष सकारात्मक वृद्धि देखिने एक मात्र प्रमुख अर्थव्यवस्था हुने उल्लेख पनि गरेको छ । उक्त प्रतिवेदन अनुसार, सन् २०२० मा विश्व अर्थतन्त्रमा ४।४ प्रतिशतले ह्रास आउने उल्लेख छ । विश्व बैङ्कले पनि आफ्नो पछिल्लो रिपोर्टमा सन् २०२० मा चीनको अर्थतन्त्र २ प्रतिशतले वृद्धि हुने अपेक्षा गरेको छ । 

फाइनान्सियल टाइम्सले कोभिड(१९ महामारीको नियन्त्रणमा चीनको अनुभवले विश्व अर्थतन्त्रको पुनःउत्थानका लागि उत्तम बाटो उपलब्ध गराएको उल्लेख छ । ब्लूमबर्गले एउटा समीक्षामा चीनको आर्थिक परिस्थिति सकारात्मक रूपमा परिवर्तन भएको कुराले विश्वभरी आत्मविश्वास ल्याएको भनेको छ । यसैबीच सीएनएनले चीनको आर्थिक विकासले ईर्ष्या पैदा गराएको व्यक्त गरेको छ । संरक्षणवाद तथा एकपक्षीयतावादका पक्षधरले अवश्य पनि ईर्ष्या गर्ने नै छन् तर वर्तमानको गम्भीर आर्थिक परिस्थितिमा चिनियाँ अर्थव्यवस्था उकासिनुबाट समग्र विश्व ईर्ष्यालु भन्दा पनि उत्साहित देखिन्छ । 

विश्व अर्थतन्त्र ओरालो लागिरहेको अवस्थामा चीनले अर्थतन्त्रलाई गति दिन अनेक उपायहरू अपनाइरहेको छ । यस क्रममा डुअल सर्कुलेसन अर्थात् विश्व बजारमा निर्यातसँगै घरेलु क्षेत्रमा आर्थिक गतिविधि चलायमान गर्दैआएको छ । अक्टुबर १४ मा चीनले शन चन आर्थिक विशेष क्षेत्र स्थापनाको ४० औँ वार्षिकोत्सव पनि मनाएको छ । विश्वलाई चीनले चीनको सुधार तथा खुलापनलाई अझै अगाडि बढाइरहेको सन्देश यसले दिएको छ । गत सेप्टेम्बरमा चीनको वैदेशिक तथा लगानी भित्र्याउने मात्राको वृद्धि दर १० प्रतिशतभन्दा बढी भएको छ ।

यसै गरी चीनमा सुधार तथा खुलापन लागू भएको ४० वर्षमा लगभग ८० करोड चिनियाँ गरिबीबाट मुक्त भएका छन् । सन् २०२० चीनका लागि चौतर्फी रूपमा सम्पन्न समाजको निर्माण गर्ने तथा गरिबी निवारणको अन्तिम वर्ष पनि हो । योसँगै चीनले संयुक्त राष्ट्र संघको दिगो विकास गरिबी निवारण लक्ष्य २०३० लाई निर्धारित समयभन्दा १० वर्षअघि नै पूरा गर्दैछ ।

चीनले आफ्नो विकाससँगसँगै विश्वको आर्थिक विकासका लागि पनि सकारात्मक भूमिका खेल्दै आइरहेको छ । सेप्टेम्बरमा १६ ‌औँ बेइजिङ अन्तर्राष्ट्रिय मोटरगाडी मेलाको सफल आयोजना गरेको थियो । यसै गरी नोभेम्बर ५ देखि साङहाईमा तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्सपो हुँदैछ । यसै बीच ूनोभेम्बर ११ू शपिङ महोत्सव पनि नजिकिँदैछ । यसरी आर्थिक वृद्धिमा घरेलु मागले महत्त्वपूर्ण भूमिका खेल्दैआएको छ ।

चिनियाँ उपभोक्ता बजारले विश्व अर्थतन्त्रमा अझ बढी जैविक शक्ति थप्ने अनुमान गर्न सकिन्छ । चिनियाँ अर्थविद्का अनुसार, वर्तमान अवस्थाको चीनको सकारात्मक वृद्धि दर विश्व आर्थिक विकासमा सन् २००९ पछि चीनको सबैभन्दा ठूलो योगदान हुने छ । हाल, चीनको अर्थतन्त्रले महामारीको सामना, रोकथाम तथा नियन्त्रण गरी आर्थिक सुधारमा विश्वको नेतृत्व गरिरहेको छ भन्दा फरक पर्दैन । 

यसबाहेक, चीनको यो कोभिड-१९ महामारीको प्रतिकार र नियन्त्रणसँगै आर्थिक विकास तथा उन्नतिलाई नेपालसँगै छिमेकी मुलुकले लाभ उठाउने ठाउँ व्याप्त देखिन्छ । अमेरिकी स्वतन्त्र लगानी प्रबन्धन कम्पनी इन्भेस्कोले महामारीबाट चीनको आर्थिक सुधारले छिमेकी एसियाली देशहरूको अर्थतन्त्र वृद्धि गर्न सहयोग पुर्याउने उल्लेख गरेको छ । हालको महाव्याधिको स्थितिमा नेपालले पनि चीनको सिको गरी आमजनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर जीवनचर्यामा सहजता दिन मार्ग प्रशस्त गर्नु पर्छ । सुरक्षित तवरमा देशलाई अगाडि बढाउन यथासम्भव कदम चाल्नु अपरिहार्य छ ।


Author

थप समाचार
x