पर्यटन

हामीले अहिलेसम्म पर्यटन नीति बनाउनै सकेनौं : मन्त्री किराती

इकागज |
चैत ४, २०७९ शनिबार १६:१ बजे

काठमाडौं- नेपालमा पर्यटन नीति नै नभएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल थामी समाजको छैठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री किरातीले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धी नीति नै नभएको स्वीकार गरेका हुन् । उनले अबको नेपालको पर्यटन नेपालीपनको हुने घोषणा समेत गरे । रैथाने स्वाद र संस्कृतिसहितको अबको पर्यटन हुनुपर्ने उनको भनाइ थियो ।


मन्त्री किरातीले नेपालमा पर्यटनका लागि अथाह सम्भावना भए पनि त्यसको परिचालन गर्ने नीतिहरूकै अभाव देखिएको बताए । उनले मुलुकको पर्यटन व्यवसायलाई अघि बढाउनका लागि सो सम्बन्धी अध्ययन, अनुसन्धान हुनुपर्नेमा पनि जोड दिए ।

मन्त्री किरातीले भने, ‘पर्यटन नीति हामीले अहिलेसम्म बनाउनै सकेनौं । हाम्रो संस्कृति नीति बनाउनै सकेनौं । सकिएन छ म त भर्खर मन्त्री भएको ६१ दिन भयो । चाईनिज कल्चर सेन्टरसँग नेपालमा । स्पेनिस कल्चर सेन्टर छ नेपालमा । ररियन कल्चर सेन्टर, इन्डियन कल्चर सेन्टर छ  नेपालमा । तर, नेपालको त केही पनि छैन । उसको चाही यहाँ पनि छ । हाम्रो चाही केही पनि छैन ।’

मन्त्री किरातीले अन्य देशका कल्चर सेन्टरहरू नेपालमा भए पनि नेपालले भने सो काम नगरेकाले यहाँका संस्कृतिहरू लोप हुने अवस्था पुगेको बताए । उनले नेपालीपनको विकास गरेर मात्रै नेपालले पर्यटनको क्षेत्रमा उल्लेख्य प्रगति गर्न सक्ने दोहोर्‍याए ।


Author

थप समाचार
x