पर्यटन

मलेसियाबाट आएको निगमको जहाज भैरहवामा साढे ८ बजे अवतरण हुँदै

इकागज |
जेठ ३०, २०८० मंगलबार ८:२१ बजे

काठमाडौँ- मलेसियाबाट आएको नेपाल वायुसेवा निगमको जहाज भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले बिहान ८:३० अवतरण गर्ने भएको छ ।

निगमको एयरबस-३२०, आर आए ४२२  र १५४ सिट क्षमताको जहाज अवतरण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए ।


उनका अनुसार अबदेखि निगमको जहाजले क्वालाम्पुर- भैरहवा र काठमाडौँ गर्ने भएको हो । भैरहवामा केही यात्रु झारेर काठमाडौँ प्रस्थान गर्ने उनले जानकारी दिए । विमानमा करिब सय जना यात्रु रहेको उनले जानकारी दिए ।

‘निगमको जहाज अबदेखि भैरहवाका लागि नियमित हुनेछ,’ उनले भने,’ काठमाडौँ-क्वालाम्पुर-भैरहवा-काठमाडौँ उडान हुनेछ । सातामा एकदिन मंगलबार विमानस्थलमा निगमको जहाज अवतरण हुनेछ ।‘

 

 

 

 

 

 


Author

थप समाचार
x