पर्यटन

पोखरा विमानस्थलबाट भुटानको ड्रुुक एयरले उडान गर्ने

इकागज |
भदौ ११, २०८० सोमबार १४:१ बजे

काठमाडौँ- भुटानको ‘ड्रुक एयर’ ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान गर्ने भएको छ । ड्रुकले भुटानको पारो इन्टरनेसनल एयरपोर्टबाट पोखरा अन्तर्राष्ट्रिय उडान भर्ने भएको हो । भदौ २३ गते पोखरा विमानस्थलमा अवतरण गर्ने भएको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हप्तामा ७ वटा फ्लाइट गर्ने गरी ड्रुक एयरले अनुमति पाएको जानकारी दिए । उनका अनुसार एयरले पहिलो उडान सेप्टेम्बर ९ का दिन गर्नेछ ।


उनका अनुसार भुटानको ड्रुक एयर पोखरामा व्यावसायिक चार्टड फ्लाइट गर्ने पहिलो अन्तर्राष्ट्रिय एयरलाइन्स बन्ने छ ।

ड्रुक एयर भुटानको रोयल एयरलाइन्स अन्तर्गतको हवाई कम्पनी हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत पुस १८ गतेदेखि सञ्चालमा आएको हो । हाल विमानस्थलबाट नियमित रुपमा आन्तरिक उडान मात्र भइरहेको छ ।

केही समयअघि विमानस्थलमा चिनिया पर्यटक लिएर चिनिया जहाजले अवतरण गरेको थियो । सिचुवान एयरलायन्सले जुन २१ मा पोखरामा चार्टड फ्लाइट गरेको थियो ।


Author

थप समाचार
x